उखु किसानलाई भुक्तानी नदिएपछि राकेश अग्रवाल पक्राउ


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्बीर

उखु किसानको रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज मिलका संचालक राकेश अग्रवाल पक्राउ परेका छन्।

उनलाई बुधबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए।

उनीविरूद्ध सर्लाहीमा ठगीसम्बन्धी मुद्दा परेको थियो। सर्लाही जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्न पत्र पठाएपछि परिसरको टोलीले उनलाई उनको घरबाट पक्राउ गरेको थियो।

उनले उखु किसानको १७ करोड रुपैयाँ तिर्नुपर्नेमा केही रकम तिरेको बताइएको छ। उनलाई सर्लाही पठाउने तयारी भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।