पोखरामा घर भत्काउने क्रममा च्यापीएर एकको मृत्यु


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरामा घर भत्काउने क्रममा ब्लकको ढिस्को खसेर चोट लाग्दा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरी स्थित तारा थापा मगरको ब्लकले बनेको घर भत्काउने क्रममा ब्लकको ढिस्को खसेर चोट लाग्दा सोही स्थानका गोपी आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर भत्काउँदै गरेका आचार्य अचानक ब्लको ढिस्को खस्दा गम्भीर घाइते भई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषण गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।