कास्की मोर्डनाइज्डमा विविध कार्यक्रम


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८१ मा प्रकाशित




कार्तिक २८ पोखरा । नेपाल जुनियर युवा रेडक्रस सर्कल कास्की मोर्डनाइज्ड एकेडेमीले विद्यालयमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा–१४ चाउथे स्थित विद्यालयले बिहीबार सिनियर तर्फ अन्तर सदानात्मक भलिबल प्रतियोगिता र पूर्व प्रा.वि. तर्फ गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिता अन्र्तगत भलिबल छात्रा तर्फ रातो सदन प्रथम र सेतो सदन द्वितीय भए भने, छात्र तर्फ निलो सदन र रातो सदनले क्रमश : प्रथम र द्वितीय स्थान प्राप्त गरे ।

यस्तै, गायनतर्फ वैल्सन वि.क, उमङ्ग गुरुङ्ग, समान बराल, एरिस अर्याल क्रमस प्रथम, द्वितीय, तृतीय, र सान्त्वना हुँदा नृत्यतर्फ प्राप्ती लौडारी प्रथम, रोनभ वि.क. द्वितीय, डोल्मा गुरुङ्ग तृतीय र मेरिन्स शाहीले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ ।

यसअघि भलिबलको प्रतियोगिताको विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले राष्ट्रिय भलिबल रेफ्री ईश्वर आलेलाई बल हस्तान्त्रण गर्दै प्रतियोगिताको उद्घाटन गर्दा प्रा. वि. तर्फको गायन तथा नृत्य प्रतियोगिताको विद्यालय व्यस्थापन समितिका अध्यक्ष राधा नेपालीले उद्घाटन गरिन् ।

सो अवसरमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य मोचीले राष्ट्रिय खेल भलिबलले राष्ट्रको पहिचान गराउने खेलाडी उत्पादनमा समेत सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । खेलले विद्यार्थीहरुमा शारीरिक र अनुशासनमा समेत मजबुत बनाउने हुँदा यस्ता कार्यक्रमहरु विद्यालयहरुमा सञ्चालन हुन आवश्यक रहेको उनको भनाई थियो । उनले विद्यार्थीहरुको मनोरञ्जन तथा क्षमता विकास हुने गरि कार्यक्रमको आयोजना गरेको प्रति आफ्नो विद्यालयमा क्रियाशिल जुनियर युवा रेडक्रस सर्कललाई आभार व्यक्त गरे ।

सर्कलका अध्यक्ष आयुषा बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक निरोज के.सी.ले स्वागत, अनुराग अधिकारी र शिवु ढकालले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।