कृषि

बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव सुरु

लमजुङ । पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले बेँसीसहर नगरपालिका वडा नं. ७ सहजीमा आजदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको आज दिउँसो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । राष्ट्रपति पौडेलले लमजुङ नेपाल एकीकरणको साक्षी रहेको उल्लेख गरे । उनले यहाँको पर्यटनको विकासका लागि आफूले पहल गर्ने बताए । लमजुङ लुकेर रहेको… पुरा पढौ

चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो । कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले राससलाई जानकारी दिए । उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”… पुरा पढौ

नस्ल सुधारका लागि मनाङ ल्याइएका याक दुब्लाउँदै गए

मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताए । उनले भने, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउँदै महिला विकास बहुउद्देश्यीय सहकारी

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो । सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताए। सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उनले जानकारी दिए । गुरुङले सहकारी… पुरा पढौ

तनहुँका मकैबारीमा फौजी कीराको समस्या

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी प्रयोग पनि भएको छ ।” आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी… पुरा पढौ

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो । नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार… पुरा पढौ

हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव… पुरा पढौ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानलाई लागत घटाउन कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिए । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली… पुरा पढौ

मादीमा तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि..

कास्की । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् । बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ । सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको… पुरा पढौ

बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले गहुँ र जौ खेतमै नष्ट

गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ । शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए। बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाँ असिनापानीले नष्ट गरेको उनले बताए। “शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण… पुरा पढौ