पोखराका लागि दुबईबाट उड्यो फ्लाई दुबईको जहाज


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ७

पोखराका लागि दुबईबाट फ्लाई दुबईको जहाज उडेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आज साँझ ६ः१५ बजे अवतरण हुने फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाज दुबईबाट उडेको हो । जहाजमा १२५ जना रहेको बताइएको छ ।

पोखरा आईपुग्ने टोलीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलसहित पर्यटनसँग सम्बद्ध ३० बढी संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित पोखरा विमानस्थल पुगेका छन् । स्वागतका लागि आम पोखरेलीको पनि सहभागिता रहने अपेक्षा गरिएको छ ।

फ्लाई दुबईको जहाज पोखरा आएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको छ । दुबई २ सय बढी ठाउँमा कनेक्टिभिटी भएको सहर भएकाले पोखराले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

साँझ ६ः१५ बजे आएको जहाज आजै ७ बजेको उडानबाट दुबई फर्किने तालिका रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।