कृषि

पोखरामा महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ । पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई… पुरा पढौ

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दीको मङ्गला गाउँपालिका(५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।” थापाले घरबाटै प्रतिकिलो रु एक हजार… पुरा पढौ

घार्मी कृषि सहकारीमा पुनः पोषराज, कृषि र पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने

घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् । पोखरा महानगरपालिका १९ मा रहेको सहकारीको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुन: पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा प्रदीप राज पौडेल, सचिवमा राजकुमार पौडेल, सह–सचिवमा लक्ष्मी अधिकारी,कोषाध्यक्षमा ज्योति पौडेल र सह–कोषाध्यक्षमा अजय पौडेल चयन भए। त्यस्तै सदस्यमा दामोदर पौडेल, राजन पौडेल, रामचन्द्र पौडेल तथा लेखा समिति संयोजकमा पोसराज पौडेल, सदस्यमा पवित्रा पौडेल, जगन्नाथ पौडेल रहेका छन्। सहकारीले उत्कृष्ट… पुरा पढौ

पोखराको चुरुंगामा दाइँ महोत्सव, पोखरा २३ का कृषक गुरुङ सम्मानित

पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुगां टोल विकास संस्थाको स्थानिय व्यवस्थापनमा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको हो ।महोत्सवको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ… पुरा पढौ

देशभर कृषि सर्वेक्षण गरिँदै,५१ हजार किसान छनोट गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ । गणकले किसानसँग प्रत्यक्ष भेटेर… पुरा पढौ

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउँछः महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई हालैको मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिकामा प्रमाणीकरणका लागि पठाएकामा सरकारलाई धन्यवाद दिए ।“सरकारले भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट भर्खरै पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ । जग्गा… पुरा पढौ

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै सराङकोटको वन समुह

पोखरा महानगरपालिका–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ । सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि… पुरा पढौ

चुरुङ्गामा शनिबार दाईं महोत्सव हुने

सन्देश श्रेष्ठपोखरा, मंसिर ११ पोखरा–१९ पुरुञ्चौरको चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यहि मंसिर १३ गते शनिबार चुरुङ्गामा दाईं महोत्सवको दोस्रो संस्करण हुने भएको हो । यसअघि अघिल्लो वर्ष दाईं महोत्सवको पहिलो संस्करण पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा माघ ६ गते भएको थियो । पहिलो दाईं महोत्सव रोपाईं महोत्सव भएकै स्थानमा गरिएको थियो भने दोस्रो रोपाईं महोत्सव रोपाईं महोत्सव भएको स्थान भएको ठाउँ नभएर अर्कै स्थानमा हुने भएको छ । पोखरा पर्यटन परिषदले… पुरा पढौ

पोखराको चुरुङ्गामा दोस्रो दाँई महोत्सव शनिबार हुने

पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–१९ पुरुन्चौर, चुरुङ्गामा दोस्रो दाँई महोत्सव–२०८२ हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मुल नारा सहित यही मंसिर १३ गते शनिबार दोश्रो दाँई महोत्सव हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गत वर्षदेखि सुरु गरिएको दाँई महोत्सवले कृषि–पर्यटन प्रवर्द्धन, परम्परागत कृषि प्रणाली संरक्षण तथा कृषक सम्मानलाई विशेष प्राथमिकतामा राखेको महोत्सवका संयोजक हरी भुजेलले जानकारी दिए । महोत्सवमा करिव एक हजार स्वदेशी र विदेशी पर्यटक तथा स्थानीयवासी सहभागी हुने अपेक्षा गरिएको आयोजकले… पुरा पढौ

परीक्षण सफल भएपछि तनहुँको चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ । किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । किसानद्वारा उत्पादित आलु नगरपालिकाले निःशुल्क रूपमा परीक्षण गरेको कृषि, पशुपन्छी तथा सहकारी विकास… पुरा पढौ