बाढीपहिरो

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका १ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मादी १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उनले बताए । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय… पुरा पढौ

लगातारको बर्षाले पोखरामा फिर्के पुल भत्कियो, मादीमा निर्माणाधिन हाइड्रोपावरमा क्षति

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडक समेत अवरुद्ध भएका छन् । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पेर्ण स्पमा भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समेत कठिनाई भएको छ ।पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए । पुल भत्किएर… पुरा पढौ

विजयपुर खोलामा बेपत्ता एक बालकको शव फेला

कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ। गत शनिबार विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका २ बालकहरू मध्ये १४ वर्षीय निक्सन गुरुङको शव फेला परेको हो । उनको शव घटनास्थल भन्दा डेढ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र फेला परेको प्रहरीले जनाएको छ ।पोखरा –१४, छिनेडाँडा बस्ने गुरुङको शव उनका आफन्तले पहिचान गरेका हुन्।फेला परेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।बेपत्ता भएका अर्का बालक १५ वर्षीय ओमन राईको खोजी… पुरा पढौ

जाजरकोेटमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको… पुरा पढौ

पहिरो र बाढीले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित, रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता,कास्कीमा अलपत्र परेका तीन जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले जनजीवन प्रभावित बनाएको छ । गएराती परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा पहिरोले मानविय क्षती समेत हुन पुगेको छ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र… पुरा पढौ

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन… पुरा पढौ

सुक्खा पहिराले म्याग्दीमा विद्युतगृहमामा क्षति: एक जना बेपत्ता ,एक जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत गृहमाका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल… पुरा पढौ

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै… पुरा पढौ

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज विहान आएको पहिरोमा घर पुरिंदा ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको हो ।घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले कच्ची घर पुरेको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ ।उनीहरु स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएका… पुरा पढौ

पहिरोमा परी बेनीमा एक वृद्धको मृत्यु, एकजनाको उद्धार

पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् । गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले… पुरा पढौ