लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित




लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज विहान आएको पहिरोमा घर पुरिंदा ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको हो ।घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले कच्ची घर पुरेको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ ।उनीहरु स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।