त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा ५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । उनका अनुसार, जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुन् । मृतक चालक तामाङ विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही घटनापश्चात् फरार रहेको बुझिएको छ । मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए ।
तीन महिनाअघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ ।अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने प्रहरीले जनाएको छ ।मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।
यसैबिच चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । दुवै श्रीमती र छोरासहित परिवारका सदस्यहरु अहिले किर्तिपुर बर्न अस्पतालमा छन् । आफन्तले उनको शव बुझ्न मानेका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि…






