बाढीपहिरो

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ । विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिईन् । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ । महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन । पछिल्लो समय… पुरा पढौ

सेतीमा आएको पहिरोबाट तत्काललाई छैन जोखिम

सन्देश श्रेष्ठ,पोखरा पोखराको रातो पैह्रोमा आएको पहिरोले तत्काल जोखिम नभएको निश्कर्ष निकालिएको छ । विज्ञसहित पोखरा महानगर, प्रशासन र प्रहरीसहितको टोलीले सेतीको पहिरोले तत्काल जोखिम नहुने निश्कर्ष निकालेको हो । पोखरा–१७ र १५ को सिमानामा पर्ने सिताराम पुलसँगै जोडिएको मितेरी पुलभन्दा करीब ३५–४० मिटर तल्लोपट्टी सेतीनदी थुनिएको छ । करीब ३ महिनाअघि पहिरो खसेकै ठाउँमा शुक्रबार पनि पहिरो खसेपछि नदी थुनिएको हो । अविरल वर्षापछि खसेको चट्टानसहितको माटोले नदी थुनिएपछि करीब ५०–६० मिटर अग्लो झरना बनेर नदी बगिरहेको छ ।… पुरा पढौ

कास्कीसहित गण्डकीमा उच्च भारी वर्षाको सम्भावना : अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन प्रशासनको अपिल, रात्रीकालीन सवारी सञ्चालनमा रोक

पोखरा, साउन २राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै जिल्लाले सतकर्ता अपनाएको बताएका छन्। शनिबार र आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रीकालिन यातायात बन्द गर्न सम्म अनुरोध गरेका छन्। रातीको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन्। प्राधिकरणले गण्डकी प्रदेशका गोरखा, लम्जुङ, कास्की, तनहुँ,… पुरा पढौ

स्याङ्जाको गल्याङमा गोठ भत्किँदा वृद्धको मृत्यु

स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए । रासस पुरा पढौ

कास्कीसहित ५ जिल्लामा बाढीको उच्च जोखिम,अविरल वर्षाले रुपामा घर भत्कियो,

देशका बिभिन्न भागमा आज राति पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि… पुरा पढौ

मोदी खोलाले सडक बगाउँदा, विदा मनाउन घान्द्रुक पुगेका पर्यटक अलपत्र

मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए… पुरा पढौ

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक… पुरा पढौ

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान, सर्तकता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए । आज… पुरा पढौ

पहिरोले बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोले राष्ट्रिय गौरवको आयोजना बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन् । मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब… पुरा पढौ

पहिरोका कारण घान्द्रुकका तीनवटा होटलमा क्षति

लगातारको वर्षाछि आएको पहिरोमा परी कास्कीको घान्द्रुकमा तीनवटा होटलमाथि नै पहिरो खसेको छ । गएराती आएको पहिरोले घान्द्रुकको वनठाँटीमा रहेका ३ वटा होटलमा क्षति पुर्याएको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ का वडासदस्य जगनबहादुर गुरुङले जानकारी दिए। पहिरो राती सवा ९ बजेतिर खसेको थियो । त्यहाँ रहेका ४ मध्ये ३ वटा होटलमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताईएको छ । पहिरोले होटल सनराइज, होटल शंकर र गुरुङ होटलमा क्षति भएको हो।हङ्ग्री आई होटलमा भने क्षति भएको छैन। सनराइज होटलमा ७५… पुरा पढौ