अर्थ

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

असार ६ काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षको रु २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट रु छ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएको छ । साथै… पुरा पढौ

डिजिटल साउण्ड एण्ड भिजनको ३३ औं वार्षिकोत्सव

पोखरा । पोखराको न्यूरोडपस्थित डिजिटल साउण्ड एण्ड भिजन प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा सामान खरिदमा विशेष छुट दिने भएको छ । विभिन्न विद्युतिय सामानहरुको बिक्री वितरण गर्दै आइरहेको डिजिटल साउण्ड एण्ड भिजनले आफ्नो ३३ औैं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्युतिय सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने भएको हो । बुधबार वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच असार महिनाभर सामान खरिद गर्ने ग्राहकहरुलाई ५ देखि ५० प्रतिशत छुट दिने गरि योजना ल्याएको प्रा.लि.का प्रबन्ध निर्देशक मनोहर श्रेष्ठले जानकारी दिए । उनले भने,… पुरा पढौ

कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

असार ५ पोखरा । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो । सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत… पुरा पढौ

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

असार ४ पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवाशीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् । उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका… पुरा पढौ

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

पर्वत । पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जिल्लाका सात पालिकामा सुरु एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए। प्रमुख अधिकारीका अनुसार थप २० वटा आयोजना यही असार मसान्तसम्म पूरा हुने क्रममा छन् । जिल्लाका अधिकांश योजना बहुवर्षे भएको र छोटो अवधिका योजनामध्ये झन्डै एक दर्जन योजना सम्पन्न भइसकेको उनले बताए । जलजला गाउँपालिका–७ मा… पुरा पढौ

कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन

गलकोट । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी… पुरा पढौ

पर्वतमा विहादीमा ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो । गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए । प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय… पुरा पढौ

गण्डकी प्रदेश अन्तर्गत पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन

गण्डकी । कास्की र नवलपुरमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको तयारीबीच गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञ सम्मिलित परामर्शदाता कम्पनीमार्फत सो औद्यागिक क्षेत्रको सम्भाव्यता अध्ययन गरेको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले पालुङटार–७ र ८ लाई समेटेर निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सफल भएको बताए । “झन्डै सात हजार पाँच सय रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक क्षेत्रमा करिब आठ… पुरा पढौ

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजनले विनियोजन गरेको रु आठ करोड ४२ लाख बजेटमा ४३ दशमलव तीन प्रतिशतमात्रै खर्च गरेको छ । ढोरपाटनस्थित बुर्तिवाङ नयाँ सहरी आयोजनाले चालु वर्ष राखेको लक्ष्य रु सात करोड १६ लाख बजेटमा पुँजीगत खर्च रु तीन करोड ८० लाख छ । सघन… पुरा पढौ

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

असार ३ काठमाण्डौं । सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आयल निगमका सञ्चालक समिति अध्यक्ष तथा वाणिज्य सचिव दिनेशकुमार घिमिरेको रोहवरमा भएको वार्तामा सहमति जुटेको हो । सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र सङ्घका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरे ।… पुरा पढौ