अर्थ

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन

असार ११ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए । “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ… पुरा पढौ

पोखरामा असार १३ देखि एसएमई एक्सपो हुने

पोखरा । पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमई एक्सपो गर्ने भएको छ । असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिने भएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लेबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ । ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए ।… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई… पुरा पढौ

पोखरा महानगरको बजेट : तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि डेढ अर्ब

पोखरा महानगरपालिकाले पूर्वाधार विकासका लागि प्राथमिकताका साथ बजेट छुट्याएको छ । महानगरले सोमबार ल्याएको बजेटमा विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड विनियोजन गरेको हो । त्यस्तै, बीपी मार्ग सडक स्तरोन्नतीका लागि ८ करोड बजेट विनियोजन गरेको महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् । पुरा पढौ

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

असार १० काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आज आयोजना गरेको आगामी आवको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले समग्र वित्तीय र मौद्रिक स्थायित्व कायम गर्नेगरी आगामी साउन दोस्रो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् । उनले भने, “देशको अर्थतन्त्रलाई हित हुनेगरी साउनको पहिलो वा दोस्रो सातामा… पुरा पढौ

भ्यू फेवा : राउण्ड फेवाका लागि ५० लाख

पोखरा महानगरपालिकाले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमका लागि यस वर्षपनि बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम अन्तर्गत फेवा फेरो पदमार्ग निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको हो । त्यस्तै, ड्यामसाइड(पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट साढे ७ अर्ब

पोखरा, असार १० पोखरा महानगरपालिले आगामी वर्षका लागि करीब साढे ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा सोमबार उप(प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको भन्दा ४२ करोड ९८ लाख ५९ रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ७ अर्ब ८ करोड ३४ लाख २४ हजारको बजेट ल्याएको थियो । प्रस्तावित आगामी आर्थिक… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच सम्झौता

असार १० पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने… पुरा पढौ

चार दशकदेखि बनाउन नसकेको बसपार्क निर्माण महानगरको नीति तथा कार्यक्रममा

पोखरा । पोखरा महानगरपालिकाले करीब चार दशकसम्म बनाउने भन्दै बनाउन नसकेको पोखरा बसपार्क निर्माणलाई यस पटकको नीति तथा कार्यक्रममा समेटेको छ ।पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महानगरले बिन्ध्यबासिनी बसपार्कको स्तरोन्नति गर्ने तथा पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन समन्वय गर्नेपनि उल्लेख छ । व्यस्त शहरीक्षेत्रस्थित केआइ सिंङ पुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ । महानगरले पोखरामा बहुतले… पुरा पढौ

नीति तथा कार्यक्रम : पर्यटन प्रर्वद्धन गर्न मेला महोत्सवहरुसँग सहकार्य गरिने

पोखरा । पोखरा महानगरपालिकाले पोखराको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका विभिन्न मेला महोत्सवहरुसँग सहकार्य गर्ने नीति अगाडी सारेको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महानगरले यहाँको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका रोपाइ महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहा ! रारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल लगायत अन्य खेलकुद, फुड फेस्टिभल, हेमजा आलु महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव, ढुंगेसाँघु… पुरा पढौ