अर्थ

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

पोखरा । वागलुङ्को वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार भईरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन ।’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको… पुरा पढौ

वालिङमा ‘कृषि विकास परियोजना’ सञ्चालन

वालिङ । स्याङ्जाको वालिङमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले ‘कृषि विकास परियोजना’ सञ्चालन गरिएको छ । वालिङका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनसँग जोड्दै गरिबी निवारण गर्ने उद्देश्यसहित परियोजनाको सुरुआत गरिएको हो । वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना गत वैशाख अन्तिम सातादेखि सुरु भएको हो । कृषि विकास परियोजनामार्फत विशेषगरी कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिकस्तरमा सुधार ल्याउने योजना पालिकाको रहेको नगरप्रमुख कृष्ण खाँणले बताए । “कृषि विकास परियोजनामार्फत कृषि र… पुरा पढौ

बुर्तिबाङ बजारलाई नमुना शहर बनाउने काम सुस्त

ढोरपाटन । बागलुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम सुरु भएको नौ वर्ष भइसकेको छ । विसं २०७२ मा दश नमूना सहर बनाउने सरकारको योजनाअनुसार आर्थिक वर्ष २०७२/७३ देखि बजेट विनियोजन गरेर काम सुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ सहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ सहर… पुरा पढौ

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा डा. वाग्लेको जोड

डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताए । दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि… पुरा पढौ

सामुदायिक वनका विषय सम्बोधन भएकामा बजेटको स्वागत

गण्डकी । सामुदायिक वन उपभोक्ता समूहले बजेटमा स्थायी लेखा नम्बर दिने प्रावधानका सम्बन्धमा गरिएको व्यवस्थाको स्वागत गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घको २९औँ स्थापना दिवसका अवसरमा मुलुकभरि आयोजित विभिन्न कार्यक्रममा सहभागीले सो व्यवस्थाको स्वागत गरिएका हुन् । बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले प्रत्येक सामुदायिक वन समूहले दुई वर्षको लेखापरीक्षण प्रतिवेदनका आधारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्थायी लेखा नम्बर९पान० दिने घोषणा गरेका थिए । यसअघि सरकारीस्तरबाट संरक्षण, विकास र उपयोग गर्नेगरी समूहलाई हस्तान्तरण गरिएको मितिदेखि हालसम्मको लेखापरीक्षण प्रतिवेदनका आधारमा… पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

जेठ १८ तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ । तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दबढी कार्य प्रगति भइसकेको छ । “वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप… पुरा पढौ

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो । कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाएका छन्। विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले खरबुजाको परीक्षण उत्पादन सफल… पुरा पढौ

मनाङमा सामाजिक विकासतर्फका छ आयोजना सम्पन्न

मनाङ । मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका छ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये छ आयोजना सम्पन्न भएका हुन् । जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक भवन, खेल मैदानलगायतका आयोजना रहेका छन् । एउटा आयोजना अन्तिमचरणमा रहेको सामाजिक विकास कार्यालयले जनाएको छ । सामाजिक विकास कार्यालयका प्रमुख नारायणप्रसाद बास्तोलाले निर्माणाधीन ती आयोजनाका लागि विनियोजित बजेटमध्ये कूल ८६ प्रतिशत रकम खर्च बताए । क्षेत्रगतमा शिक्षातर्फ दुई, भाषा, साहित्य, संस्कृति र सम्पदा… पुरा पढौ

निसीखोलाको रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

गलकोट । जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो । बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ । पातीहाल्नेबाट… पुरा पढौ

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पु¥याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।” क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि… पुरा पढौ