अर्थ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच सातौ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा राजेश खाँडको टिम प्रथम हुदै नगद चौविस हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अकित श्रेष्ठको टिम द्वितीय हुदै नगद सोहृ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडीको उपाधि सुमन तामाङले प्राप्त गरेका थिए । यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि गण्डकी प्रदेशका… पुरा पढौ

बिक्न छाडे परम्परागत चोयाका सामग्री

ढोरपाटन । निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आएका छन्। घर नजिकैको जङ्गलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उनले सानैबाट सिके । बाउ बाजेले बुनेको देखेर सिकेका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिएका छन् । हिँजोआज चोयाका सामग्री बिक्री हुन छाडेपछि उनीमा त्यत्ति जाँगर छैन । एक दशक अगाडिसम्म चोयाका सामग्री नै बेचेर परिवार चलाउँदै आएका भुमबहादुर अहिले पेसा परिवर्तन गर्ने सोचमा छन् । बजारमा आएका प्लास्टिकका सामानले चोयाका सामग्री प्रयोग… पुरा पढौ

तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ । शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु… पुरा पढौ

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहनाः राष्ट्रपति पौडेल

चैत २३ लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पूरा गर्नु रहेको बताएका छन् । ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने नारासाथ आजदेखि प्रारम्भ भएको आठौँ लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई बेसीसहरमा सम्बोधन गर्दे उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए… पुरा पढौ

फेवा महोत्सवमा रैथाने खाना महोत्सव समावेश हुने

चैत २३ पोखरा । नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन सञ्चालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं… पुरा पढौ

चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो । कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले राससलाई जानकारी दिए । उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”… पुरा पढौ

म्याग्दीमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन:वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मङ्गलबारदेखि लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जङ्गल नष्ट भएको छ । वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन् । मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनी–२ बगरफाँट र बेनी–३ भकिम्लीका लरेनी, बिरखानीलगायत आसपासको वनभरि फैलिएको बगरफाँटका… पुरा पढौ

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताए । “मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन”, उनले भने, “बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब… पुरा पढौ

बलेवा-बरेङ सडक: अठार करोडको आयोजनालाई साठी लाख बजेट

गलकोट । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ । हिउँद होस् वा बर्खा पहिरोका कारण पटक–पटक अवरुद्ध मात्रै हैन सडकको १०० मिटर ट्र्याकनै बगाएपछि पहिरो नियन्त्रण ठूलो समस्या बनेको छ । तीन वर्षअघिको असारमा पहाड नै खसेर सडक बगाएपछि जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परेको… पुरा पढौ

नस्ल सुधारका लागि मनाङ ल्याइएका याक दुब्लाउँदै गए

मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताए । उनले भने, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ… पुरा पढौ