अर्थ

अर्धनारेश्वर टोल बिकाश संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । अर्धनारेश्वर टोल बिकाश संस्था पोखरा १३ आर्वाको सातौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनीवार आर्वा कुईथोकमा सम्पन्न भयको छ।   साधारणसभाको उद्घाटन समाजसेवी, जेष्ठ नागरिक तिलकप्रसाद बरालले गरेका थिए। सो अवसरमा बरालले टोल बिकाश संस्थाहरुले आफ्नो गाउँ टोल समाजको बिकाश सबै  मिलेर गर्नु पर्ने बताए।     अर्धनारेश्वर टोल बिकाश संस्थाका अध्यक्ष देबेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले आफ्नो एक वर्षे कार्यकालमा गरिएका कामहरु सार्वजानिक गरेका थिए। उनले टोल बिकाश संस्थाका सदस्यहरुलाई तीन महिनाको खानेपानीको बील टोल बिकाश संस्थाबाट… पुरा पढौ

पोखरा फाइनान्सका अध्यक्ष गुरूङद्वारा शपथ ग्रहण

असोज ६ पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन । कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर… पुरा पढौ

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा घिमिरे

पोखरा, असोज ६ पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे (अमृत) चयन भएका छन् । समितिको शुक्रबार राती सम्पन्न एघारौं साधारणसभा तथा छैटौं अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भए । यसैगरी सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा… पुरा पढौ

पोखराको बजार क्षेत्र पर्यटनको हब होईन भनेर दुस्प्रचार गर्नु विडम्वना हो : निउरे

असोज ५ पोखरा । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरेले पोखराको बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरिएको गुनासो गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको एघारौं साधारण सभा तथा छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले पर्यटनको ठेकेदार भनौदाहरुले पोखरा बजार क्षेत्रलाई पर्यटनको हब होईन भनेर दुस्प्रचार गरेको आरोप लगाएका हुन् । पर्यटनको राजधानी भएरपनि पोखराको बजार क्षेत्र उपेक्षित हुनु र त्यसमाथिपनि पर्यटनको हब होईन भन्दै पर्यटन क्षेत्रकै अगुवाहरुले दुस्प्रचार गर्नु विडम्वना भएको उनले टिप्पणी गरे । अध्यक्ष… पुरा पढौ

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

असोज ३ काठमाण्डौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने अनुमान एडिबीको छ । सन् २०२४ मा भने त्यो घटेर छ दशमलव दुई… पुरा पढौ

जीविका सहकारी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न

असोज ३ पोखरा । जीविका बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपुर मार्गमा रहेको संस्थाले पोखराका १३ वटा वडाहरुलाई आफ्नो कार्य क्षेत्र बनाई सेवा दिदै आईरहेको छ । संस्थाका कार्यबाहक अध्यक्ष महाबिर थापाको अध्यक्षतामा भएको सभाले काबा अध्यक्ष थापाले प्रस्तत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै सभाले कोषाध्यक्ष बलराम पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ को प्रस्ताबित आय, व्यय विवरण पारित… पुरा पढौ

पोखरा-१४ मा एकैपटक १७ चौतारीको मर्मत सम्भार

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ मा एकै पटक १७ वटा चौतारीहरुको मर्मत सम्भार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा विनियोजित रकम २२ लाख रुपैयाँको लागतमा सो कार्य गरिएको हो । नवौं संविधान दिवसको अवसर पारेर बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले मर्मत सम्भार गरिएका १७ वटै चौतारीको उद्घाटन गरे । वडा कार्यालयद्वारा स्थानीय मोतीबहादुर बानियाको अध्यक्षतामा नौ सदस्यीय चौतारी निर्माण समिति गठन गरिएको थियो । साथै वडा सदस्य तनुजा थापा सिके, स्थानीय गोकर्ण कार्की र ललितबहादुर बानिया सदस्य… पुरा पढौ

दमौलीमा लोप भएको हाटबजार पुनः सञ्चालन

तनहुँ । धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हरायो । लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर आजदेखि व्यास–३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ । किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर कृषि सामग्री खरिद–बिक्री गर्ने व्यवस्था… पुरा पढौ

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै श्रेष्ठ

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन्। उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन्। उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पाल्नुभएको छ भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन। करिव रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म रु ७० लाख… पुरा पढौ