अर्थ

बेनी–जोमसोम सडक खण्डमा बैसरीको पहिरो रोकथाम गरिँदै

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो । सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए। “छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा… पुरा पढौ

जेसीज सप्ताह : सिपमुलक तालिम शुरु

साउन २९ पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा आजदेखि तीन दिने सिपमुलक तालिम शुरु भएको छ ।जेसीज सप्ताह अन्र्तगत सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको जेसीजले चौंथो कार्यक्रम अन्र्तगत तीन दिने सिपमुलक तालिम शुरु गरेको हो । तालिमको हस्तकला संघ कास्कीका अध्यक्ष रामकली खड्काले उद्घाटन गरिन् । उनले तालिमले महिलालाई आत्मनिर्भर बनाउन सघाउने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरिन् । कार्यक्रममा हस्तकला महासंघ कास्कीका उपाध्यक्ष एवं स्वस्तिक हस्तकला उद्योगकी प्रोपाइटर सिता गुरुङ , संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व अध्यक्ष… पुरा पढौ

एक क्विन्टल सुन प्रकरण : ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल मात्रै

साउन २९ काठमाण्डौं । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । उनका अनुसार भोलि बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । महाशाखा प्रमुख आचार्यले एक दिन… पुरा पढौ

न्यून अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ… पुरा पढौ

सडक अवरुद्ध हुँदा मनाङमा सामान आपूर्तिमा समस्या

मनाङ । मनाङ आउने एक मात्र सडक अवरुद्ध हुँदा सवारी खसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको आवतजावत पूर्ण रुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक ९गाइड०, कर्मचारी बीच बाटोमै अलपत्र परेका छन् । डुम्रे–बँेशीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेँशीसहर नगरपालिका–६ खरखरेस्थित सडकको ट्र्याक भासिएपछि पर्यटक, कर्मचारी तथा मार्गदर्शकबीच बाटोमा नै रोकिनुपरेको छ । कामको सिलसिलामा तल झरेका कर्मचारीले औषधिलगायतका अत्यावश्यक सामग्री लिएर मनाङ आउन नसकेको जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए । उनका अनसार शुक्रबार साँझ बँेशीसहर… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोेबार ? हेर्नुहोस

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतवार हिजो सुनको भाउ स्थिर रहेको थियो । यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको जस्तै चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

प्रदेशमन्त्री थापासंग ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग गरिएको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती बेहोर्नु परेको भन्दै मागको सम्बोधन गर्न आग्रह गरे । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग सम्बोधनका लागि सरकारले पहल गर्ने विश्वास व्यक्त गरे । ज्ञापनपत्रमा गण्डकी सरकारको… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ बराबरको कारोबार भएको छ । वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त… पुरा पढौ

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

तनहुँ । पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए। जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको… पुरा पढौ

कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ । निरन्तरको वर्षाले पहिरो झर्नेक्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको हो । बागलुङ नगरपालिका–१० दबल्याङमा दुई दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो । दब्ल्याङहुँदै बलेवा कुश्मिसेरा जाने सडकसमेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन… पुरा पढौ