अर्थ

कला संस्कृतिको प्रवद्र्धन गर्न नगरपालिकाद्वारा पञ्चेबाजा वितरण

तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिका कार्यालयलले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो । समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिए । उनका अनुसार भानु–३ स्थित दोरदोर कालिका समूह, भानु–६ को भगवती आमा समूह, भानु–८ को बेनी बगर दलित महिला समूह, भानु–१० का ऋषि परियार… पुरा पढौ

गोरखामा ‘सिटीहल’निर्माण सम्पन्न हुनमा ढिलाई किन ?

गोरखा । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत सम्पन्न भएको छैन । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए । ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ । यसका लागि कार्यालयले कम्पनीसँग रु ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।… पुरा पढौ

बागलुङ बजारमा बिक्री वितरण भइरहेका दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी

बागलुङ । बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् । बिहीबार बिहानै उपभोक्ताले दूध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो । दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो ।… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय दमौलीद्धारा ४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए । “अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ”, उनले भने। कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५… पुरा पढौ

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

पोखरा । गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, “गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।” उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा… पुरा पढौ

प्रशासनद्वारा पोखरा २८ का पसलहरुको अनुगमन

साउन ११ पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ मा बिहिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पोखरा २८ कालिका बजारको किराना पसल तथा होटल, ओख्लेका किराना पसल, सौर्य बजारका किराना पसल तथा होटल र रैकरका किराना पसल तथा होटलहरु गरी २५ वटा व्यवसायीहरुको पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्राय जसो पसलहरु दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको र त्यस्ता व्यवसायीहरुलाई अनुमती लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको… पुरा पढौ

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

काठमाण्डौं । राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । “हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ”, विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । यही साउन ३… पुरा पढौ

सेवाग्राही बनेर मन्त्री जुग्जाली यातायात व्यवस्था कार्यालयको छड्के जाँचमा

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् । सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका थिए । सेवाग्राहीसँगै लाममा उभिएर उनले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुनेका थिए । मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपतिपत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गरेका थिए। मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या… पुरा पढौ

मिलेनियम ट्रेक अन्तर्गत भैँसेगैँडा क्षेत्रमा १ सय ७४ प्रजातिका चरा फेला

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय दमौलीद्धारा तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो । कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए। उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला… पुरा पढौ