अर्थ

जग्गा व्यवस्थापन नहुँदा अघि बढेन औद्योगिक क्षेत्रको काम

पोखरा । छ वर्षअघि निर्माण घोषणा भएका यहाँका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजना जग्गा व्यवस्थापन हुन नसक्दा रोकिएको हो । पुरानै आयोजना कार्यान्वयनमा आउन नसकिरहेका बेला सरकारले गोरखामा अर्को औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग–वाणिज्य महाशाखाका… पुरा पढौ

गत आवमा रु. १६ अर्बभन्दा बढीको फलफूल आयात

गत आर्थिक वर्ष २०७९र८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । रु. सात अर्बको करोड स्याउ आयात विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार… पुरा पढौ

नेप्से परिसूचक आज पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो । आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर रु दुई अर्ब ४२ करोड ५७ लाख ८०… पुरा पढौ

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

साउन १० काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उनले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् । मन्त्री महतले भने, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र… पुरा पढौ

“भदौ १ गते निसेलढोर जाऔँ,साँस्कृतिक कापाई नाँचसंगै रमाऔँ”

पोखरा । आउदो भदौ १ गते बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ निसेलढोरमा हुने नाखापुजा (गाउँपुजा)को भव्य तयारी भैरहेको छ । विगतका वर्षदेखि हरेक २ वर्षको अन्तरालमा हुने मेला यसवर्ष नाखापुजा व्यवस्थापन समितीको आयोजनामा भव्य रुपमा सफल बनाउनका लागि तयारी तिव्र पारिएको समितीका अध्यक्ष शान्त घर्तीमगरले जानकारी दिएका छन् । नाखापुजा मेलाको मुख्य आकर्षकका रुपमा कापाई नाँच र झाँक्रिनाँच रहेका छन् भने साथमा विभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु समावेश गरिएका छन् । पुरुष तथा महिल भलिबल,महिला तथा पुरुष छेलो,दोहोरी गीत,लोपान्मुख… पुरा पढौ

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

म्याग्दी । म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध खानाका रुपमा प्रयोग गर्ने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनाका कारण पत्ता लगाई किसानाई खेती गर्न उत्साहित बनाउनुपर्ने आवश्यकता… पुरा पढौ

नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ । सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रू दुई अर्ब ४३… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबर भएको सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए । सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए… पुरा पढौ

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे । वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण… पुरा पढौ