अर्थ

नेप्से परिसूचक २५ अङ्कले बढ्यो

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आजको… पुरा पढौ

नारायणघाट–बुटवल सडक: म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत प्रगति

चितवन । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले… पुरा पढौ

चिटिक्क गोठः भकारो सुधारले उत्पादन वृद्धि,कृषक सन्तुष्ट

बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ रिस्मीका पुरुषोत्तम सापकोटाको गोठ अहिले चिटिक्क देखिन्छ । भकारो सुधारका कारण छ गोठमा बाँधेका भैँसी पनि पुष्ट देखिन्छन् । खेती किसानी गरेर परिवार पाल्दै आएका उनले बस्तुभाउ पाल्न थालेको पनि धेरै भयो । बाउबाजेका पालादेखि नै सापकोटाको परिवार कृषिमा निर्भर थियो । खेतीपातीसँगै बस्तुभाउ पाल्दै आएका उनीहरुलाई थाहा थिएन कि भकारो सुधार पनि गर्न सकिन्छ भनेर । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सहयोग गरेपछि उनको गोठको स्वरुप नै फेरियो । गोबरमै लत्पतिने भैँसी अहिले… पुरा पढौ

म्याग्दीमा आर्थिक वर्षमा पन्ध्र साना सिँचाइ योजना निर्माण

म्याग्दी । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् । एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए । सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् । “साना सिँचाइ कार्यक्रममार्फत १५… पुरा पढौ

केराका थामबाट हस्तकलाका सामग्री निर्माण

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित बृहत्रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ । पाण्डेले गण्डकी प्रदेशको नवप्रवर्द्धन साझेदारी… पुरा पढौ

पर्वतका दुई नगरपालिका बजेट ल्याउन असफल

पर्वत । असार अन्तिम सातासम्म पनि यहाँका दुई नगरपालिका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न असफल भएका छन् । बजेट, नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने नगरपालिकामा यहाँका दुईमात्र बाँकी हुन् । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने छ’ भनिएको भए पनि कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा भने अझै… पुरा पढौ

छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान

काठमाडौ । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२३ र २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन जापान सरकारले रू ३८ करोड ५० लाख (४२ करोड ४० लाख जापानी येन) अनुदान उपलब्ध गराउनेछ । यो अनुदान रकम निजामती कर्मचारीलाई दिइने स्नातकोत्तर… पुरा पढौ

सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा… पुरा पढौ

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो । नारच्याङमा रु १६ अर्बको लागतमा एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए ।… पुरा पढौ

जोखिम मोलेर खेती गर्न बाध्य छन् बिरुवाफाँटका कृषक

पोखरा । “रोपाइँका लागि हातेट्र्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ ।” यो दुःखेसो हो पोखरा महानगरपालिका वडा नं १७ महतगौडाको झौरीखेतमा धान रोपाइँका लागि खेतको तयारीमा जुट्ने क्रममा घाइते भएका ५७ वर्षीय कृषक राजु भण्डारीको । दिनभरिको हिलो र पानी खेल्ने क्रममा नरम भएको पैतालामा जोखिमयुक्त फलामे वस्तु गढेपछि दुःखाइ सहन नसकेर उनी हिलोमा लडेका हुन् । भित्रसम्म गढेको उक्त वस्तु निकाल्न बल प्रयोग गर्नुपरेको जनाउँदै घाइते भण्डारी भने,… पुरा पढौ