अर्थ

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने,टिकट बुकिङ खुला

भैरहवा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । “नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिए। उनका… पुरा पढौ

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने

पोखरा, जेठ ४ पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा यहि जेठ १७ गतेदेखि २० गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो संस्करण हुन लागेको हो । दोश्रो संस्करणसम्म भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण तीन वर्षदेखि रोकिएको महोत्सव यस वर्ष “पर्यटनका लागि सबै मौषम” भन्ने मूल नाराका साथ हुने बुधबार… पुरा पढौ

नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५… पुरा पढौ

असारको पहिलो सातादेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए। नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन्। “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ”, उनले भने । विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल… पुरा पढौ

प्रेस युनियन तनहुँद्धारा तीन जना पत्रकार पुरस्कृत हुदै

तनहुँ । नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए । बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका… पुरा पढौ

भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै ५७ वर्षीय गुरुङ

गलकोट । सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिएका उनले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आएका छन्। पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि छन् ।अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका एक हजार १०० भेडा छन् । “सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जङ्गलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी… पुरा पढौ

सुनको मूल्य घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?

आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पाँचौ दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको मूल्य आज १३ सय ७० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

मन्त्री जुग्जालीद्वारा यातायात कार्यालयमा छड्के अनुगमन

पोखरा, जेठ ३ पोखरामा सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन्स) लिने परीक्षा पास गरेपनि लाईसेन्स आउन करीब एक वर्ष लाग्छ । स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाईसेन्स प्रिन्टमा भएको ढिलाईले गर्दा सेवाग्राहीले समयमा लाईसेन्स नपाउने स्थिति बनेपछि गण्डकी प्रदेश सरकारको सहयोगमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीले परीक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण शुरु ग¥यो । जसले गर्दा सेवाग्राहीले केहि राहतको अनुभूति त ग¥यो तर… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको… पुरा पढौ