अर्थ

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ । लमजुङमा उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो । केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७÷६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनले भने, “जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन… पुरा पढौ

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव… पुरा पढौ

बेगनासतालमा मोटरबोट सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासतालमा मोटारबोट सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा वाह््य पर्यटकलाई केन्द्रीत गरी बेगनासतालमा चल्ने मोटरबोटको सञ्चालनको लागि बेगनासताल डुंगा व्यवसायी समितिले नेपाल सिप एण्ड बोट विल्डिङ नवलपुर गैंडाकोटबाट ५० लाखको लगानीमा मोटरबोट खरिद गरी सञ्चालनमा ल्याइएको बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले जानकारी दिए । बेगनासताल डुंगा व्यवसायी समितिका २ सय ६५ जना सदस्यहरुबाट आर्थिक रकम संकलन गरी उक्त मोटरबोट खरीद गरिएको कंडेलले बताए । यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास र… पुरा पढौ

भेडापालनमा तमानखोलाका युवा,भन्छन्,“हामी यसैमा सन्तुष्ट छौ”

बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालमा भेटिएको छ । अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ । भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनी बताउछन् । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुगेका… पुरा पढौ

उज्यालो गण्डकी प्रदेशको अँध्यारो मनाङका गाउँ

मनाङ । हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो । मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन । मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् । निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका… पुरा पढौ

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे«जरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको टे«जरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् ।… पुरा पढौ

सुनको भाउओरालो लाग्दै, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तोलामा सुन १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

घरभाडा आधा घटाउन घरधनीलाई सिटी रेवान पोखराको अपिल

पोखरा, जेठ ११ पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने… पुरा पढौ

लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीको घोषणा

पोखरा, जेठ ११ गण्डकी प्रदेशकी उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने घोषणा गरेकी छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विहीबार पोखरामा आयोजना गरेको ‘नेपालमा उर्जा उत्पादनको सम्भावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश भित्र हुने लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गराउने घोषणा गरेकी हुन् । मन्त्री तिवारीले गण्डकी प्रदेशका ९९.५ प्रतिशत जनताले विद्युत तथा सोलार लाइट सेवाको उपभोग गरिरहेको उल्लेख गरिन्… पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी… पुरा पढौ