अर्थ

पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ

पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका विच पोखरा–१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वजजिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाईसँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून मार्फत नियमन गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारीले महिलाहरुमा शिक्षा, उद्दमशीलताका क्षेत्रमा सकारात्मक परिवर्तन भएको भन्दै यसलाई दिगो बनाईराख्न सरकार सकारात्मक रहेको बताए । सहकारीका क्षेत्रमा पछिल्लो समय ठगी… पुरा पढौ

रोक्का भएको कित्ताकाट फुकुवा

सरकारले रोक्का भएको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेको छ । यसअघि जग्गाको वर्गीकरण नसकिएसम्मका लागि जग्गाको कित्ताकाट रोक्का गरिएको थियो । तर सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यसअघि रोक्का गरिएको जग्गाको कित्ताकाट फुकुवा गरिने घोषणा गरे । यसले घरजग्गा क्षेत्रमा कारोबार बृद्धि हुने विश्वास गरिएको डा.महतले बताए । अर्थमन्त्री महतले घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने बताए । किनबेच गर्दा स्थानिय तहले गरेको सिफारिस र लोन निकाल्दा बैंकले… पुरा पढौ

आर्थिक वर्ष २०८०/८१ को बजेट : पोखरामा हवाई इन्धन भण्डारण गृह बनाइने

काठमाण्डौं । सरकारले न्यूनतम ३ महिनालाई धान्न सक्नेगरि पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । जसको लागि पोखरामा हवाई इन्धन भण्डारण गृह र अमलेखगञ्जमा थप दुई वटा इन्धन भण्डारण गृह निर्माण सम्पन्न गरिने घोषणा गरे । पुरा पढौ

सरकारले गाँजा खेतीबारे अध्ययन गर्ने

सरकारले गाँजा खेतीबारे अध्ययन गर्ने भएको छ । लागु औषध भनेर प्रतिबन्ध लगाइएको गाँजालाई औषधिजन्य प्रयोग गर्नको लागि भन्दै सरकारले गाँजा खेतीको अध्ययन गर्ने घोषणा गरेको हो । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताउँदा सांसदहरुले ताली बजाएर स्वागत गरेका थिए । प्रतिबन्धित गाँजा खुल्ला गर्नुपर्ने र यसको व्यवसायीक खेती गर्नुपर्ने आवाज बारम्बार उठ्दै आएको छ । यसलाई सम्बोधन गर्नेगरी सरकारले यसको खेतीबारे अध्ययन गर्ने जनाएको हो । हालभने प्रहरीले गाँजा फँडानी अभियान नै सञ्चालन गर्नेगरेको छ । पुरा पढौ

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

काठमाण्डौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् । सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । पुरा पढौ

मुस्ताङको आलुको बिउ संरक्षण गरि खेती बिस्तार गर्न सरकारले सघाउने

सरकारले गण्डकी प्रदेशमा उत्पादन हुने मुस्ताङको आलुको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने भएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै रैथानेमा गर्व गरौं भन्ने नाराका साथ मुस्ताङको आलुसहित जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा र गुल्मीको कफीलगायत विभिन्न रैथाने तथा परम्परागत बालीको बिउ संरक्षण गरी खेती बिस्तार गर्न सघाउने घोषणा गरेका हुन् । त्यस्तै, अर्थमन्त्री डा.महतले कर्णाली प्रदेशलगायत विभिन्न स्थानमा उत्पादन हुने मार्सी धान, कागुलो, कोदो, फापर, जौं, लट्टे, सिमीलगायतका… पुरा पढौ

रसायनिक मल खरिद गर्न रु. ३० अर्व विनियोजन

काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्षमा किसानलाई रसायनिक मल खरिद गर्न रु. ३० अर्व विनियोजन गरेको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले रसायनिक मल खरिद प्रक्रियामा सुधार गरि समयमा नै आपूर्ति सुनिस्चितता गरिने बताए । उनले मल आपुर्ति र व्यवस्थापन प्रक्रियालाई पारदर्शि बनाइने पनि घोषणा गरे । सरकारले स्वदेशमा नै रसायनिक मल कारखाना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि सार्वजनिक निजि साझेदारीमा लगानी बोर्डमार्फत काम अगाडी बढाइने बताए । पुरा पढौ

सरकारले नया सवारी नकिन्ने, सरकारी भवनपनि नबनाउने

सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौति गर्न नया सवारी नकिन्ने घोषणा गरेको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सरकारी खर्च कटौति गर्ने घोषणा गर्दै त्यसका लागि नया सवारी नकिन्ने घोषणा गरेका हुन् । बश्र सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गरिने अर्थमन्त्री डा.महतले बताए । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने भएको छ । अर्थमन्त्री डा.महतले सरकारी खर्च कटौति गर्नका लागि सरकारी नया भवन… पुरा पढौ

बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउने छौं : अर्थमन्त्री डा महत

काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा साधरण खर्चमा आर्थिक मितव्यीता अपनाउने भएको छ ।संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउँदै सार्वजनिक खर्च पुनारावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रमश कार्यान्वयन गर्ने बताएका छन् । उनले सबै प्रकारका प्रोहोत्सान भत्ता, अतिरिक्त समय भत्ता खारेज गरेको घोषणा गरेका छन् । नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद नगरिने बताएका छन् । उनले नयाँ आर्थिक वर्षमा अत्यावशेक बाहेक नयाँ भवन निर्माण… पुरा पढौ

आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

आर्थिक वर्ष २०८०/८१ मा आर्थिक बृद्धिदर खुम्चिने अनुमान गरिएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेका हुन् । पुरा पढौ