अर्थ

ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ । नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो । आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए। कूल रु २६ करोडको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले पाएको थियो। उक्त संस्थाले सानाठूला गरी चारवटा खानेपानी योजनाबाट… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ… पुरा पढौ

युवापुस्तामा सीप हस्तान्त्रण नहुँदा पाका सिपालुहरुद्धारा चिन्ता

बागलुङ । दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उहाँले क्षणभरमै चोया बनाउछन् । बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्छन् । उन सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिके । बाबुसँग डोको र बाजेबाट भकारी बन्न सिके । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ… पुरा पढौ

शेयर बजारमा सामान्य सुधार

काठमाडौ । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय… पुरा पढौ

एप्पि फिजमा अभिनेत्री प्रियङ्का र फ्रुटीमा उपासना ब्रान्ड एम्बेसेडर

काठमाण्डौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनि पार्ले एग्रोले पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः ल्याएको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएकी छिन् ।फ्रुटी १२५ मिलि तथा २ सय मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५ सय मिलिको बोटलमा उपलब्ध छ । त्यसै गरी… पुरा पढौ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११… पुरा पढौ

पोखरामा ‘सिजी डिजिटल’को शोरुम औपचारिक शुभारम्भ

वैशाख १० पोखरा । पोखरामा चौधरी ग्रुप अन्र्तगतको सिजी डिजिटल मल्टिपल ब्राण्डको शोरुम औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखराको अर्चलबोटस्थित सिजी बिल्डिङमा आइतबार एक कार्यक्रमकाविच औपचारिक रुपमा सञ्चालनमा आएको हो । शोरुमको पोखरा २ का वडाध्यक्ष दीवशमान प्रधानाङ्ग र कम्पनीका वरिष्ठ प्रवन्धक बसन्त पालले संयूक्तरुपमा उद्घाटन गरे । शोरुमको उद्घाटन गर्दै वडाध्यक्ष प्रधानाङ्गल शोरुमले यस क्षेत्रका स्थानियलाई घरायासी विद्युतिय सामानका लागि महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड नै पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सिजीको आधिकारिक ब्राण्डको शोरुमनै पोखरामा सञ्चालन हुनु… पुरा पढौ

ताकमकोतमा हनुमानको मूर्ति स्थापना

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए। “ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उनले भने, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।” मूर्ति स्थापनाका लागि धवलागिरि… पुरा पढौ

बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उनले भने। केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने… पुरा पढौ

दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग परे । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ‘भुस्केट मेला’ जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस पहिलो पटक देख्दा यसको संरक्षण कसरी गर्ने होला भन्ने कुरा मनमा खेलिरहेको उनले बताए । पाँच वर्षअघि २०७५ सालमा नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलभन्दा माथिल्लो क्षेत्रमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको… पुरा पढौ