अर्थ

बढ्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार नौ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा… पुरा पढौ

पोखरा महानगर लेखा समितिले भन्यो,“बेरुजु अत्याधिक बढयो, फछ्यौटको ब्यवस्था मिलाउ”

पोखरा । पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फछ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ । महानगर लेखा समितिको नवौ बैठकले बेरुजुलाई सुशासनको करात्मक सुचकको रुपमा समेत लिइने हुदाँ महानगरपालिकाको बेरुजु अत्याधिक बढ्दै गइरहेकोले र फछ्यौटको गति सुस्त रहेकोले आगामी दिनमा सुन्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फछ्यौटको ब्यवस्था मिलाई प्रगती विरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई निर्देशन दिएको छ । बैठकले संघीय सरकारले कार्यक्रम राखी… पुरा पढौ

पोखरा महोत्सवमा फोटोग्राफीको जिम्मा मयुरटाइम्सलाई 

पोखरा । एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको हो । मंगलबार एक कार्यक्रमका बीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा बोल्दै मयुरटाइम्स न्युजका सञ्चालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर… पुरा पढौ

लेखनाथ महोत्सव विहीबारदेखि

पोखरा, पुष ५ पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो । सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा राष्ट्रिय वाणिज्य बैंकको सह–प्रायोजनमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार… पुरा पढौ

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रूपैयाँले घटेर एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

आभ्या क्लवमा भारतीय अभिनेता विवेक ओवराय

पोखरा । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहित स–परिवार पोखराको घारीपाटनमा रहेको आभ्या क्लबमा पुगेका छन् । सो क्लबका कार्यकारी निर्देशक किरण केसी र प्रबन्ध निर्देशक निरोज लामाले संयुक्त रुपमा ओवराय सहित स–परिवारलाई स्वागत गरेका थिए । ओवरायले क्लबले गरेको आतिथ्यताको प्रशंसा गरे । आव्याले सञ्चालन गरेको फिटनेस, वेलनेस र रिक्रियसनको अवलोकन गर्दै ओवरायले पोखरामा यस्तो फिटनेस र स्वास्थ्यसँग सम्बन्धित क्लबले पर्यटकीय क्षेत्रमा बिशेष योगदान पुर्याउन सक्ने बताए । ‘पोखरा आफैमा पर्यटकीय हब हो,… पुरा पढौ

नेप्समा झिनो अङ्कमा सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि… पुरा पढौ

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ । आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पु¥याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा… पुरा पढौ