अर्थ

आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ । आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका… पुरा पढौ

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय,… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले मंगलबारदेखि आईपीओ निष्कासन गरेको हो। उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन्। जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि… पुरा पढौ

पोखराको नयाँबजारमा औद्योगिक व्यापार मेला जारी, भोलि खेम सेन्चुरीको प्रस्तुति हेर्न पाइने

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मा बिक्रीको लागि राखिएका विभिन्न घरायसी सामानमा भारी छुटको व्यवस्था गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार दैनिक जीवनमा प्रयोग हुने भान्छाका सामग्रीदेखि अन्य उपभोग्य बस्तु, गाडी तथा मोटरसाइकलमा त्यो छुट दिइएको हो ।यो मेलामा प्रदर्शनका लागि राखिएका सामग्रीहरु एकातिर छन् भने दैनिक जीवनमा प्रयोग हुने सामान सस्तोमा बिक्री–वितरण भइरहेको छ’,उनले भने,‘गृहिणीहरुले यो मेलाबाट भरपुर फाइदा लिन सक्नुहुन्छ ।’मेलाको सह–प्रायोजक रहेको शिवशिखर सहकारीको स्टल देखाउँदै उनले… पुरा पढौ

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको… पुरा पढौ

राष्ट्रिय लोकमार्गको मापदण्ड विपरित धमाधम‘हाइड्रोपावर’ निर्माण गरिदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि… पुरा पढौ

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार चार सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु… पुरा पढौ

‘कुरा काट्ने भएनन् भने सफल भइँदैन’: महिला उद्यमी 

पोखरा । अगुवा महिला उद्यमी इन्दिरा बराल र लक्की क्षेत्री कार्कीले एउटै स्वरमा भने,‘आलोचना गर्ने भएनन् भने प्रगति गर्न सकिँदैन ।’ उद्यमशीलता सुरु गर्दा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भनेर कुरा काटेको स्मरण गर्दै उनीहरुले थपे,‘फलोनो यस्तो भएर हिँडी, यस्तो गर्छे भन्ने कुरा काट्नेहरुलाई जितेर नै सफल भएको जिकिर पनि गरे । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को छेकोमा सोमबार आयोजना गरेको ‘सेल्फ मेड महिला’ विषयक… पुरा पढौ

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घट्यो

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१… पुरा पढौ

कोलपाटन आमा समूहद्धारा सिद्ध माविलाई रकम हस्तान्तरण

पोखरा । कोलपाटन आमा समूह पोखरा १५ ले श्री सिद्ध मावि अक्षयकोषमा अक्षरुपी तीस हजार एक सय पचपन्न रकम सहयोग गरेको छ । आमा समूहले नेपालीहरुको महान् पर्व तिहारको अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूहकी अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरि जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्को वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा रु ५० हजार पुर्याउने लक्ष्य रहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा… पुरा पढौ