शिक्षा

व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए । हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको… पुरा पढौ

हङकङ पुगेका पोखरेली गुरुङ परिवारद्वारा रत्न आधारभुत विद्यालय सिमपानीलाई शैक्षिक सामग्री सहयोग

पोखरा महानगरपालिका वडा नम्बर २ मिरुवा घर भई हाल हङकङमा कार्यरत वविता गुरुङ र उनको परिवारले पोखरा महानगरपालिका वडा नम्बर २ सिमपानीस्थित रत्न आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वविताकी बुबा मलिमान र आमा बुद्धिकुमारी गुरुङसहित सम्पूर्ण परिवारको तर्फबाट कास्की जिल्ला माछापुच्छ«े गाउँपालिकास्थित माछापुच्छ«े माविले तयार पारेको शैक्षिक सामग्री विद्यालयलाई निःशुल्क रुपमा हस्तान्तरण गरिएको माछापुच्छ«े माविका प्र.अ.सन्तोष आचार्यले जानकारी दिए । सहयोग ग्रहणपछि बोल्दै रत्न आधारभुत विद्यालयकी प्र.अ.सीता थापाले सहयोग गर्ने वविता गुरुङ र उनको परिवार तथा माछापुच्छ«े… पुरा पढौ