शिक्षा

पुस्तक व्यवसायी महासंघमार्फत् पुस्तक बेच्न सांसद पुनलाई पोखराका मेयर आचार्यको सुझाव

सन्देश श्रेष्ठपोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई पुस्तक बेच्दै नहिंड्न सुझाव दिएका छन् । यहि फागुन २६ गते सोमबार पोखराका तीन फरक ठाउँमा पुस्तक बेच्ने क्रममा सांसद पुन र सर्वसाधारणबीच विवाद भएपछि आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले यस्तो सुझाव दिएका हुन् । मेयर आचार्यले नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभर पुस्तक विक्री गर्दै समर्थन जुटाउनु सराहनी भए पनि बिना दर्ता र बिना अनुमती कुनै पनि वस्तु विक्री वितरण गर्दा हुने कानूनी… पुरा पढौ

पोखरामा पुस्तक बेच्दैं स्वतन्त्र सांसद महाविर पुन

आइतबारसम्म म्याग्दीमा चुनावी अभियानमा खट्टिएका महावीर पुन आज पोखरामा देखिएका छन् । म्याग्दीबाट स्वतन्त्र सांसदमा निर्वाचित भएको प्रमाणपत्र लिए लगत्तै उनले म्याग्देली जनतालाई धन्यवाद दिएसँगै, पुनः आफ्नो पुस्तक बिक्री गर्न कस्सिएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका हुन् । आज बिहानै पोखरा आएका पुनले पुस्तक विक्रि गर्न शुरु गरेका छन् ।उनले अहिलेअमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेचि रहेका छन् भने दिउँसो १ बजेपछि पृथ्वीचोकमा बसेर पुस्तक बेच्ने बताएका छन्… पुरा पढौ

‘म्यागासेसे’ को म्याग्दीबाट संसद यात्रा

सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिममेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न पुगेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ… पुरा पढौ

कास्कीमा चार हजार ६९८ मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो… पुरा पढौ

हिमालय आँखा अस्पतालमा पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क नलाग्ने

हिमालय आँखा अस्पतालले पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क, निःशुल्क गर्ने घोषणा गरेको छ । अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले अस्पताल यही वडामा रहेको र यस वडाका बासिन्दालाई थप सहयोग पुर्याउने उद्धेश्यले उपचारका लागि गरिने दर्ता, निःशुल्क गर्ने घोषणा गरेका हुन् ।२०४९ सालमा स्थापित अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकलाई सेवा प्रदान गरिसकेको छ । वार्षिकोत्सव समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग… पुरा पढौ

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउनका लागि फूड फेस्टिवल आयोजना गरेको उनले बताए ।‘विद्यार्थीले सैद्धान्तिक ज्ञान त कक्षाकोठामा पाएका थिए । तर उनीहरुलाई प्रयोगात्मक ज्ञानको पनि आवश्यकता थियो । त्यही ज्ञान हासिल गराउनका लागि यो अभ्यास गराएका हौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई… पुरा पढौ

सगरमाथा निकेतन स्कुलको वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

पोखरा ४ मा रहेको सगरमाथा निकेतन स्कुलमा १९ औँ वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सो अवसरमा वर्ष भरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न अन्य आकर्षक पुरस्कारहरूले पुरस्कृत गरियो । विद्यालयले वर्षभरि आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताहरूबाट निलो सदन च्याम्पियन बन्न सफल भयो । प्रथम स्थान हासिल गरेको निलो सदनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप–कुलपती कृष्णराज अधिकारी, विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराई, शिक्षक, अभिभावक लगायतले सदनका क्याप्टेन प्रवेश थापा… पुरा पढौ

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९४ यूनिट रगत संकलन भएको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेको प्राचार्य डा. नारायण बरालले जानकारी दिए ।विद्यालयमा संकलित रगतले कोही न कोहीको जीवनलाई बचाउन मद्दत गर्नेछ ।’ विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको योगदान बुझाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।सो कार्यक्रमको पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी कथा वाचन कार्यक्रम सम्पन्न

पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी कथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आधारभूत तह जुनियर तर्फ कक्षा १ ‘क’ का आयन्स मगर प्रथम र कक्षा १ ‘ख’ का  श्रेयान सुनारले द्वितीय, कक्षा २ का छात्रा श्रीया सवाङ्गी मगर प्रथम र सोही कक्षा छात्र सुगम पौडेल द्वितीय, कक्षा ३ बाट छात्राहरु इभानी बास्तोला प्रथम र साजिया क्षेत्रीले द्वितीय स्थान प्राप्त गरेका छन् । यसैगरी आधारभूत तह जुनियर तर्फ कै कक्षा ४ र ५… पुरा पढौ

हेमजाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पोखरा –२५ हेमजामा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समितिको व्यवस्थापन तथा एन आर एन जापानको सहयोगमा करिव ३३ हजार बराबरको विभिन्न सामाग्री वितरण गरिएको हो। कार्यक्रममा एन आर एनका पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त… पुरा पढौ