स्वास्थ्य

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

लेखनाथ, २० माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसका अवसरमा राखिएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ । सस्थाले हरेक वर्ष आफनो स्थापना दिवसमा केही न केही सामाजिक उत्तर दाईत्वका काम गर्दै आएको र यस वर्ष आम जनमानसमा रत्तदानको वारेमा सचेतना गराउने उदेस्यले राखेको रक्तदानमा ५७ युनिट रगत संकनल भएको सस्थाका ब्यवस्थापक सरोज कुवँरले जानकारी दिए । पहिलो रत्तदाता सस्थाका सेयर सदस्य शंकर थापालाई ब्लड… पुरा पढौ

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वतको प्रदेश अस्पताल चरम सङ्कटमा

लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलले जानकारी दिए । अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले… पुरा पढौ

कास्कीमा ५० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध

संकटमा पर्दै गएको स्वास्थ्य बीमा कार्यक्रमले कास्कीमा ५० प्रतिशत जनसंख्यालाई सेवा दिएको छ । जिल्ला समन्वय समिति कास्कीले बुधबार पोखरामा गरेको अन्र्तक्रिया कार्यक्रममा गण्डकी प्रदेश सरकारका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार के सीले यहाँका ५० प्रतिशत जनसंख्याले स्वास्थ्य बीमाको सेवा प्राप्त गरेको जानकारी दिएका छन् ।उनले प्रथम सेवा बिन्दु र प्रेषित विरामीको उपचार गर्ने संस्था बिच उपयुक्त संयोजन र समन्वय कार्य गुणस्तरीय नभएको भन्ने गुनासोलाई अन्त्य गर्न महाशाखा त्यसतर्फ केन्द्रीत भएको उल्लेख गरे । जिल्ला समन्वय समिति कास्कीका… पुरा पढौ

स्वास्थ्य संस्थालाई कागजातसहित भुक्तानी दाबी गर्न बीमा बोर्डको आग्रह

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । “स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,” उनले भने, “स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।”उनले… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेशको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन भएको छ । कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो ‌। कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष छगेन्द्र आचार्य तथा विशेष अतिथि कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारी र उपमहासचिव ऋषिराम रेग्मी थिए। कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाइटी… पुरा पढौ

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताए । “पोखरा जानुपरेको भए रु एक लाखभन्दा बढी खर्च हुने रहेछ”, उनले भनिन्, “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड… पुरा पढौ

पोखरामा बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा ओशो मेगा क्याम्प हुने

सन्देश श्रेष्ठपोखरा, माघ २ पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो । एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी… पुरा पढौ

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषज्ञ डा झविन्द्र भण्डारीले जानकारी दिए । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको… पुरा पढौ

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन हुन नसक्दा अस्पताल निर्माणको योजना कार्यान्वयनमा आउन नसकेको बताए । प्रदेशको गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विशिष्टीकृत अस्पताल निर्माणका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष पिआइसीयू सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष ९पिआइसीयू० अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी… पुरा पढौ