स्वास्थ्य

हिमालय आँखा अस्पतालमा पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क नलाग्ने

हिमालय आँखा अस्पतालले पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क, निःशुल्क गर्ने घोषणा गरेको छ । अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले अस्पताल यही वडामा रहेको र यस वडाका बासिन्दालाई थप सहयोग पुर्याउने उद्धेश्यले उपचारका लागि गरिने दर्ता, निःशुल्क गर्ने घोषणा गरेका हुन् ।२०४९ सालमा स्थापित अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकलाई सेवा प्रदान गरिसकेको छ । वार्षिकोत्सव समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग… पुरा पढौ

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९४ यूनिट रगत संकलन भएको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेको प्राचार्य डा. नारायण बरालले जानकारी दिए ।विद्यालयमा संकलित रगतले कोही न कोहीको जीवनलाई बचाउन मद्दत गर्नेछ ।’ विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको योगदान बुझाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।सो कार्यक्रमको पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले… पुरा पढौ

नव आदर्शमा रक्तदान, ७७ युनिट संकलन

पोखराको लामाचौरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको कार्यक्रमको पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र १६ नं. वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रुपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गरेका थिए । २६ औं संस्करणको सो कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ्य व्यक्तिले आफ्नो ईच्छाले गर्ने रक्तदानले बिरामीलाई नयाँ जीवन दिने बताए । अर्का… पुरा पढौ

मृगौला पिडितलाई एक लाख सहयोग हस्तान्तरण

पोखराको व्यवसायीक घराना कर्माचार्य ग्रुपद्धारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले शनिवार मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ बर्षिय मृगौला पिडित बुद्धीशोभा गुरुङलाई १ लाख रुपैँया हस्तान्तरण गरिएको हो । कर्माचार्य परिवारले ३० लाख रुपैँयाको कोष स्थापना गरि सो कोष मार्फत सहयोग रकम हस्तान्तरण गर्दै आएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मृगौला रोगबाट पिडित हुने परिवारलाई सो सहयोगले हौसला प्रदान गर्नुका साथै समाजलाई समेत मार्गनिर्देश गर्न प्रेरणा मिलेको बताए… पुरा पढौ

कण्डम दिवसमा पत्रकारसँग अन्तरक्रिया

पोखरा, २९ माघ ।अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए । ‘अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३… पुरा पढौ

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा दुई हजार ६२५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो । यस्तै बागलुङमा दुई हजार ३०२, गोरखामा एक हजार ८८०, स्याङ्जामा एक हजार ७८९, लमजुङमा एक हजार २५८, पर्वतमा ९५०, म्याग्दीमा ९२६, मुस्ताङमा १४७ र मनाङमा २६ जनालाई ‘एचपिभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप… पुरा पढौ

खोटाङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी परेका छन् । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह समारोह पछि भोज खाएका सबै जना माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी… पुरा पढौ

देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान देशभरि नै सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र… पुरा पढौ

समाजसेवी इन्द्रदेवी तुलाचनको निधन

पोखराकी समाजसेवी इन्द्रदेवी तुलाचनको निधन भएको छ । ९३ बर्षिया तुलाचनको शुक्रबार साँझ आफ्नै निवास पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा निधन भएको कान्छा छोरा डा बालमुकुन्द तुलाचनले जानकारी दिए । स्वर्गीय इन्द्रदेवी स्व डा प्रकाश तुलाचनको धर्मपत्नी हुन् । स्व डा प्रकाश पोखरा र आसपासका जिल्लाहरुका विरामीहरु माझ निकै परिचित थिए । प्रकाश डाक्टर भनेपछि नदीपुर क्षेत्रमा मानक नै बनेको छ । कोहि विरामी भएपछि प्रकाश डाक्टरलाई देखाउ भन्ने भनाई आम जनमानसमा रहेको थियो। स्वर्गिय इन्द्रदेवीको पार्थिव शरिरलाई शनिवार… पुरा पढौ

स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ऋण लिएर भए पनि वा अन्य स्रोत जुटाएर भए पनि स्वास्थ्य बिमा सेवा निरन्तर गर्नुपर्ने उनकोे स्पष्ट सन्देश छ । “अब सेवा दिएन भने जनताले सडकमा प्रश्न उठाउँछन् । स्रोत जुटाउनै पर्छ”,… पुरा पढौ