स्वास्थ्य

युआरएल हस्पिटलचोकमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २८ मंसिरगण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटल चोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० सालमंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना… पुरा पढौ

युआरएलको वार्षिकोत्सवमा निःशूल्क स्वास्थ्य शिविर

पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि 'युआरएल' ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा विशेष योजना ल्याएको छ । युआरएलको स्थापना २०७० साल मंसिर २३ गते भएको हो। मंसिर १५ गतेदेखि सञ्चालन भएको निःशूल्क थाईराईड , ९सुगर०FBS, PPBS, RBS र दन्त परिक्षण सेवा २८ गतेसम्म चलेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । २०० जना भन्दा बढीले सेवा लिएको उनको भनाइ छ। उनले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए।अध्यक्ष पन्तका अनुसार… पुरा पढौ

चरक हस्पिटल १४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदान तथा सहयोग

पोखरा, २२ मंसिर । पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै,… पुरा पढौ

पोखरा १९ मा स्वास्थ्य स्वयंसेविका सम्मानित

सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिने २ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । तल्लाकोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र पोखरा १९ पुरञ्चौरले भगवती आचार्य र देबु कुमारी भट्टराईलाई सम्मान गरेको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले महिला स्वास्थ्य स्वयं सेविका आचार्य र भट्टराईलाई सम्मान गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ समाज र समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए ।… पुरा पढौ

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएकी बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताईन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताईन् । “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा… पुरा पढौ

मदिरा व्यवसायी समितिको रक्तदानमा ५० युनिट संकलन

मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । खुल्ला रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक , नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् । भण्डारीले रगतको मागलाई पुरा गर्न रेडक्रसले मात्र एक्लै केही गर्न नसक्ने बताउदैँ सामाजिक संघसंस्थाले महत्वपूर्ण योगदान… पुरा पढौ

परिवार नियोजनको अभियान कन्या क्याम्पसमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ ।कार्यक्रममा बोल्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुशी व्यक्त गरे । नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले कार्यक्रममा सहजिकरण गरेका थिए । २४ वटा विद्यालय तथा कलेजसम्म संचालन गर्ने गरी अभियानलाई… पुरा पढौ

विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

पोखरा, १५ मंसिर ।विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकार संग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचारहुने बताउनु भयो ।कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका… पुरा पढौ

आज विश्व एड्स दिवस: नेपालमा ३४ हजारभन्दा बढी एचआईभी संक्रमित

आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन… पुरा पढौ

पोखरा बहुमुखीको रक्तदानमा ३२ युनिट रगत संकलन

पोखरा, १२ मङ्सिर पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा विहीवार पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका विद्यार्थी, संचालक समिती, प्राध्यापक, कर्मचारी र अन्य सर्वसाधारणहरुले रक्तदान गरेका थिए । येसैबिच उक्त कार्यक्रममा बोल्दै पोखरा बहुमुखी क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले रक्तदान जीवन दान भन्ने मर्म सबैले बुझनु पर्ने बताए । तेस्तै क्याम्पस प्रमुख शिशुकला पराजुलीले रक्तदान लगायतक सामाजिक कार्यमा विद्यार्थी सहभागिता समग्र समाजका लागि प्रेरणा… पुरा पढौ