स्वास्थ्य

क्षयरोगबाट तनहुँमा छ महिनामा सातको मृत्यु

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा व्यास नगरपालिकामा तीन, भानु नगरपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक र भिमाद नगरपालिकामा एकजना रहेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति सुदीप कँडेलले जानकारी दिए। तनहुँमा चालु आर्थिक वर्षमा एक सय ५७ जनामा क्षयरोग पुष्टि भएको छ । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ सङ्क्रमित रहेका छन् ।… पुरा पढौ

आँखा शिविरमा चार सय बढी विद्यार्थीको आँखा परीक्षण

बेनी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिए । शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहनुभएका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका… पुरा पढौ

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

फागुन २८ काठमाण्डौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ… पुरा पढौ

किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो । प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृति नै यहाँका विशेष आकर्षण हुन् । विशेषतः रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासले यहाँको गरिमा र महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् । अकला मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि पछिल्ला समयमा सरकारी चासो र चर्चा बढिरहेको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले यसको प्रवद्र्धन… पुरा पढौ

८ मार्चको अवसरमा श्रमिक महिलासॅंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण

पोखरा । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) अवसरमा श्रमिक महिलासॅंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सञ्जाल कास्कीको आयोजनामा भएको हो ।यस बर्षको ११४ औं दिवसको नारा “महिलामा लगानि : सभ्य र समुन्नत समाजको थालनी” रहेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडा नम्बर ९ महिला सशक्तिकरण र उद्यमशिलताकालागि सदैव मैत्रीपूर्ण रहेको बताए । कार्यक्रम महिला सामुदायिक स्वास्थ्य… पुरा पढौ

रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम

पोखरा । सिद्धार्थ क्लब पोखराले श्री जनप्रिय माध्यामिक विद्यालय, पोखरा–८ सिमलचौरमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्देवीप्रसाद बस्ताकोटीले अभिमुखिकरण कार्यक्रमले विध्यार्थीहरुमा रक्तदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै विध्यार्थीहरुलाई शैक्षिकका साथै अन्य मानवीय र सामाजिक कार्यमा लाग्न अनुरोध गरे । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव : निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

फागुन २२ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा… पुरा पढौ

सामाजिक विकासमन्त्री सिंखडाद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

फागुन २१ पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गरेकी छन् । उनलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गरेका थिए । निरीक्षणका क्रममा उनले संघको सेवा र समस्याका बारेमा जानकारी लिएकी छन् । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिएका थिए । मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताइन् । उनले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजिकरणका… पुरा पढौ

मोटोपना : कारण, संभाबित रोग र बच्ने उपाय (टिप्ससहित)

आज ४ मार्च । बिश्व मोटोपना दिवस (World obesity day) विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइदैछ । आज भोलिको प्रमुख रोग र अन्य रोगहरुको मुख्य कारण : मोटोपना : पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो ।अस्वस्थ जिवनशैली र अस्वस्थ खानपानले कयौ प्राणघातक रोगहरु शिकार बनाउन सक्छ ।संभाबित रोगहरु : निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ।# उच्च रक्तचाप (हाई ब्लड़ प्रेसर)# हृदयाघात (मुटुको हार्ट एटैक)# मधुमेह (डाइबेटीज)# कलेजोमा बोसो (फ्याटी लिवर)# मस्तिकघात (प्याराल्याइसिस)# घुर्ने र निन्द्रामा  सास… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा । मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आज खुल्ला रक्तदान र बधाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष बास्तोलाले मानिसलाई आवश्यक अन्य अंगहरुको विकल्प बनेपनि आजका दिनसम्म व्यक्तिको रगतको विकल्प उही समूहको व्यक्ति नै रहेकोले गर्दा रक्तदान आवश्यक रहेको छ भने, उनले हामीले अन्य पुण्यको कार्य गर्छौं, खेर… पुरा पढौ