स्वास्थ्य

मणिपाललाई दिइएको छुट बिरुद्ध उजुरी परेपछि पोखरा महानगरमा अख्तियारको छापा

असार १८ पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई करीब २० करोड रुपैयाँ छुट दिएकोबिरुद्ध उजुरी परेपछि अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो । पोखरा महानगरपालिकाले मणिपाललाई १९ करोड ८१ लाख ११ हजार रुपैयाँ राजश्व छुट दिएको थियो । २०५७ सालदेखि नै भवन सम्पन्नताको कागज माग्दै आएको मणिपाललाई महानगरको १६ औं कार्यपालिका बैठकले १ करोड ७५ लाख राजश्व लिएर सम्पन्नताको कागज दिने निर्णय गरेको थियो । जसले गर्दा महानगरको करीब २० करोड… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै

असार १७ पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ । कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए । यसअघि कास्कीका पाँच ओटै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४६ हजार ८० हजार मात्रा खोप ल्याइयो

काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने… पुरा पढौ

निशूल्क शिविरमा ४ सय बढीको मधुमेह र टिजी जाँच

असार १५ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ को कुँवर टोलमा शनिबार भएको निशुल्क शिविरमा ४ सय १७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कुँवर समाज समिति, भवानी आमा समूह र युथ अफ कुँवर टोलको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) पोखराले गरेको थियो । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले आफैं र विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरेको यो १ सय ७५ औं शिविर… पुरा पढौ

महालेखाको प्रतिवेदनप्रति मणिपालको आपत्ति, अनावश्यक रुपमा विवादमा तान्न खोजेको गुनासो

पोखरा, असार १३ पोखराको मणिपाल शिक्षा अस्पतालले महालेखा प्ररीक्षकको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मणिपालले करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै सो कर असुल उपर गर्न भनेकोप्रति मणिपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो । उसले समयमा काम नगरिदिएर राज्यले पटक÷पटक दुःख दिएको बताएको छ । साथै महालेखाले स्वास्थ्य संस्थालाई अनावश्यक रुपमा विवादमा तानेर मानमर्दन गर्न खोजेकोसमेत मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मणिपालले महालेखा परीक्षकको प्रतिवेदन हल्का… पुरा पढौ

युनाइटेड क्लबद्वारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा ।युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक… पुरा पढौ

तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय… पुरा पढौ

म्याग्दी स्थित विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए । “दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उनले भने, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।”… पुरा पढौ

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक… पुरा पढौ

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए । अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् ।… पुरा पढौ