स्वास्थ्य

हिल पोइन्ट माविमा परिवार नियोजनको सचेतना

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल पोइन्ट माविमा अभियान संचालन गरिएको छ ।त्यस अवसरमा विद्यालयका भाईस प्रिन्सिपल गंगाराम पौडेल विद्यार्थी केन्द्रीत यस्ता कार्यक्रमले सानो उमेरमै सचेतना जगाउन सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन… पुरा पढौ

कालिका पब्लिक कलेजमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान संचालन गरिएको छ । कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गरे । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु… पुरा पढौ

झापा ‘बर्ड फ्लु’को उच्च जोखिममा, पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख… पुरा पढौ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

‘हो!हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले जानकारी दिए । मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू… पुरा पढौ

त्रिवेणी कलेजमा ६४ युनिट रगत संकलन

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष… पुरा पढौ

वैशाखदेखि देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था, अस्पतालको सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सहित सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनले आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने बताए। “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती… पुरा पढौ

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन् । विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे।मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा… पुरा पढौ

बागलुङमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्के,२० जना अझै ‘आइसोलेसन’मा

दादुराबाट प्रभावित बागलुङको ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण… पुरा पढौ

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई बिमा बोर्डको निर्देशन

स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल स्वास्थ्य संस्थालाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न ÷ नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको… पुरा पढौ

बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ नै त्रासमा

बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको… पुरा पढौ