प्रवास

विश्वमा कोरोनाको संक्रमण बढ्दो, सात दिनमै ५२ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्लो दिन बढ्दो छ। सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ। नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ। जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३ सय ५३ पुगेको छ। पुरा पढौ

भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख… पुरा पढौ

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए । कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा… पुरा पढौ

भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक… पुरा पढौ

ट्रम्प भन्छन, ‘कोभिड खोपको नाम मेरै नाममा ‘ट्रम्पसिन’ राखिनुपर्छ !’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोपको नाम आफ्नै नाममा ‘ट्रम्पसिन’ राख्नुपर्नेमा जोड दिदैँ आएका छन्। ट्रम्पले शनिबारको एक कार्यक्रममा कोभिड–१९ विरुद्धको खोपका लागि फेरिपनि आफूलाई श्रेय दिँदै त्यसको नाम आफ्नो नाममा राखिनुपर्ने बताएका हुन्। यहाँसम्म कि उनले सबैका सामु ‘ट्रम्पसिन’ भन्ने नामसमेत सुझाव दिएको त्यहाँ उपस्थित एक सीएनएन रिपोर्टरले ट्वीटर पोस्टमा लेखेका छन्। रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन्। यसका साथै उनले नोभेम्बरको चुनावलाई अपमानजनक शब्दमा उल्लेख गर्दै २०२२ मा रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा पुनः आफ्नो नियन्त्रणमा लिन… पुरा पढौ

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

यमनको मारिब क्षेत्रमा गएको २४ घण्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ। द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको समाचारमा उल्लेख गरिएको छ। समाचारमा उल्लेख गरिएअनुसार २४ घन्टा यता निधन भएको उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन्। त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीविरुद्ध आक्रामक रुपमा कारबाही प्रक्रिया अघि बढाएको समाचारमा बताइएको छ। सो क्षेत्रमा साउदी अरेबियाको… पुरा पढौ

इरानको परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

इरानको एउटा परमाणु केन्द्रमा क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले जनाएका छन्। इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतंकवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन्। उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि सहेलीले बताएका छन्। यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको… पुरा पढौ

साउदी अरबको तेल र सैन्य शिविरमा हुथी विद्रोही समूहद्वारा ड्रोन हमला

यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ। आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो। उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ। साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन। हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ। उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन्। साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन… पुरा पढौ

म्यानमारमा हालसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ। आन्दोलनमा लागेकै आरोपमा अरु ३ हजार १ सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ। अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ। पछिल्लो पटक गत शुक्रबार… पुरा पढौ

आङ सान सुकीमाथि लाग्यो ६ नयाँ फौजदारी आरोप

म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको हो। न्यापिटअ ५ र याङ्गु १ मुद्दा लगाइएको उनका वकिल मीन मीन सोले समाचार एजेन्सीहरुलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन्। म्यानमारको उत्तरपूर्वी बागो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तीमा ८० जनाको मृत्यु भएको… पुरा पढौ