प्रवास

कराँची किङ्सलाई पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी

कराँची किङ्सले पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलको उपाधी जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किङ्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएल उपाधी जितेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। जवाफी व्याटिङमा कराँची किङ्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो। ४९ बलमा ६३ रन बनाउन सफल कराँची किङ्सका बाबर अजाम ‘म्यान… पुरा पढौ

आज (खरना) छठको दोस्रो दिन : के हो खरना ?

छठ पर्वको आज (बिहीबार) दोस्रो दिन ब्रतालुले ‘खरना’ को विधि तयारी पूरा गरेका हुन्छन्। कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज (बिहीबार) पर्वको दोस्रो दिन ‘खरना’ का दिन ब्रतालुहरु दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ। चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् ‘खरना’का दिन माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने… पुरा पढौ

विश्वभर एकैदिन १० हजार ८ सय बढी कोरोना संक्रमितको मृत्यु

विश्वमै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ। विश्वभर पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिन विश्वमा मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो। यसअघि, बुधबार (मंसीर ३ गते) १० हजार ५ सय ३६ जना संक्रमितको मृत्यु भएको थियो। एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९ सय १८ पुगेको छ। दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा… पुरा पढौ

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता बोलाउने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले आगामी दुई महिनापछि आफ्ना सैनिक फिर्ता बोलाउन सैन्य अधिकारीलाई आदेश दिने तयारी गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्। रक्षा मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारी गरेका छन्। आउँदो जनवरीको मध्यसम्म अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५ सयमा सीमित गर्ने राष्ट्रपति ट्रम्पको तयारी छ। हाल अफगानिस्तानमा झण्डै ५ हजार अमेरिकी सैनिक छन्। इराकमा रहेका ३ हजार सैनिकबाट घटाएर २५… पुरा पढौ

कोरोना खोपले ९५ प्रतिशत काम गरेको मोडेर्नाको दाबी

कोरोना भाइरस विरुद्ध आफ्नो कम्पनीले विकास गरेको खोप प्रभावकारी रहेको अमेरिकी कम्पनी मोडेर्नाले दाबी गरेको छ। मोडेर्नाले दाबी गरेको छ, ‘कम्पनीले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ। यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ।’ यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो। रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी… पुरा पढौ

अझैपनि, आफूले निर्वाचन हारेको स्वीकार नगर्नु ट्रम्पको लाजमर्दो स्थिति बनेको बाइडेनको प्रतिक्रिया

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अझैपनि, आफूले निर्वाचन हारेको स्वीकार नगर्नु राष्ट्रपति ट्रम्पको लाजमर्दो स्थिति भएको प्रतिक्रिया दिएका छन्। सोमबार मात्रै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रवीट गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएको बताएपछि डेलावेरबाट सम्बोधन गर्दै नव निर्वाचित राष्ट्रपति बाइडेनले भनेका छन्, ‘अझैपनि, राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्न नसक्नु लाजमर्दो स्थिति भएको छ।’ सम्बोधनकै क्रममा बाइडेनले ट्रम्पप्रति आरोप लगाउँदै भने, ‘निर्वाचनमा राष्ट्रपति ट्रम्पले नै जितेको भए अमेरिकामा अझै धेरै मानिस मर्ने थिए।’ सम्बोधनमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहकार्यको… पुरा पढौ

आज नेपाल–बंगलादेशको दोस्रो मैत्रीपूर्ण फुटबल खेल

नेपाल–बंगलादेशबीच आज (मंगलबार) दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो। गत शुक्रबार (कार्तिक २८ गते) सम्पन्न भएको पहिलो खेलमा २–० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जित निकाल्ने दाउमा हुनेछ। कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो। नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै… पुरा पढौ

म्यानमारको संसदीय निर्वाचनमा नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी)लाई बहुमत

म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ। हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले संसदको दुवै सदनमा बहुमत सिट हासिल गरेको जनाएको छ। नोभेम्बरमा भएको निर्वाचनमा संसदको तल्लो सदनमा ३ सय १५ र माथिल्लो सदनमा १ सय ६१ सिटका लागि मतदान भएको थियो। यस्तै, प्रदेश सभाहरुमा ६ सय १२ सिट र अल्पसंख्यक जातीहरुका लागि छुट्याइएको कोटामा २९ सिटका लागि निर्वाचन भएको थियो। आयोगको अन्तिम परिणाम अनुसार एनएलडीले… पुरा पढौ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज (शनिबार) १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा देवकोटा… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय निर्वाचनः जो बाइडेन एरिजोना राज्यमा पनि विजयी

अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्। यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो बनेको छ। एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २ सय ९० इलेक्टोरल कलेज मत प्राप्त गरेका छन्। अमेरिकामा कूल ५ सय ३७ मध्ये २ सय ७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्। एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त… पुरा पढौ