प्रवास

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । बैशाख भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ… पुरा पढौ

अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

अफगानिस्तानमा कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो। स्थानीय समयानुसार बेलुका ६.५० मा घटना भएको थियो। प्रारम्भिक विवरणअनुसार विस्फोट भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो। घटनामा परी मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन्। उनीहरुका… पुरा पढौ

भारतको भरुचस्थित कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत २ नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। एशियाली यस मुलुकमा संक्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचस्थित ४ तलाको अस्पतालमा आगलागी भएको हो। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो। उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ ज्यान गएको बताइएको छ। एजेन्सी पुरा पढौ

दिल्लीमा लकडाउनको अवधि थपियो

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन्। यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो। यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लाथि थप गरिएको छ। पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्। अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए। शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ थियो। त्यही अवधिमा थप ३ सय ७५ जनाले ज्यान… पुरा पढौ

अमेरिकाले भारतमाथि लगाउने भयो प्रतिबन्ध

भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध अमेरिकाले लगाउने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो। विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो। यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव… पुरा पढौ

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा… पुरा पढौ

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

भारत । भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख… पुरा पढौ

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख नजिक

ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका ती नागरिकको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाख नजिक पुगेको छ । प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप… पुरा पढौ

भारतको अवस्थाप्रति डब्लुएचओका चिन्ता

भारतमा लगातार दैनिक ३ लाखभन्दा बढी संक्रमित बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का संगठन प्रमुख डा. टेड्रोस गेब्रेयेससले चिन्ता जनाएका छन्। डब्लुएचओका संगठन प्रमुख गेब्रेयेससले स्थिति नियन्त्रणमा ल्याउन भारतमा रहेका २६ सय कोरोना एक्सपर्टलाई तत्कालै काममा लगाउने कार्य भइरहेको जानकारी दिएका छन्। ‘भारतको अवस्था डरलाग्दो छ, यसले हामीलाई समेत भयभीत बनाएको छ,’ डा. गेब्रेयेससले भनेका छन्, ‘भारतमा रहेका हाम्रा कोरोना एक्सपर्टलाई काममा लगाउने प्रक्रिया अगाडि बढाइएको छ ।’भारतलाई डब्लुएचओबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन्। ‘भारतलाई हामी सक्दो सहयोग… पुरा पढौ

बुर्किनाफासोमा ३ युरोपेली पत्रकारको हत्या

अफ्रिकी मुलुक बुर्किनाफासोमा आतंकवादीहरुले ३ जना युरोपेली पत्रकारको हत्या गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्। हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एकजना आइरिस पत्रकार छन्। बुर्किनाफासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण गरिएको थियो। बुर्किना फासोका संचारमन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी ३ जना पत्रकारको हत्या भएको र १ जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन्। फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु ६ जना घाइते भएका छन्। बुर्किना फासोका एक… पुरा पढौ