आज (जनवरी २० तारिख), ७८ वर्षीय जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खानेछन्। चीफ जस्टिस जोन नी रोबर्ट जुनियरले अमेरिकी संसद् भवनको वेस्ट फ्रन्टमा बाइडेनलाई राष्ट्रपतिको शपथ दिलाउनेछन्। त्यसपछि, राष्ट्रपति बाइडेनले ‘इनगरल स्पिच’ दिनेछन्। यसमा अमेरिकी मतदातालाई धन्यवाद प्रदान गर्नेछन्। भाषणपछि सैन्य टुकडीको समीक्षा गर्नेछन्। गायिका लेडी गागाले त्यहाँको राष्ट्रिय गान…
पुरा पढौ