प्रवास

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको दैनिक संख्या ५६ हजार भन्दा बढी

साओ पाउलो। ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस… पुरा पढौ

चीनमा स्कुले विद्यार्थीलाई मोबाइल बोक्न प्रतिबन्ध

चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ। चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाईमा केन्द्रीत गराउन यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ। कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ र कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ। मन्त्रालयले यो प्रतिबन्ध तत्कालै लागू हुने बताएको छ। मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ।… पुरा पढौ

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई साढे ३ वर्षको जेल सजाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ । उनलाई मस्कोका एक न्यायाधीशले साढे ३ वर्षका लागि जेल सजाय सुनाएका संचार माध्यमहरुले जनाएको छ। आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिएका छन्। नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ परेका थिए। उनी पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदै आएको छ। गएको अगष्टमा रूसकै… पुरा पढौ

साउनयता, ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनयता उनीहरू ९७ मुलुकमा पुगेका हुन्। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसीरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८ जना वैदेशिक रोजगारीमा गएको जनाइएको छ। कात्तिकमा ७ हजार ७… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

नयाँ दिल्ली।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ । यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए ।… पुरा पढौ

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड… पुरा पढौ

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

मस्कट। खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ।भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए । “भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,” विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित… पुरा पढौ

तालिबानको आक्रमणमा परी ८ सुरक्षा अधिकारी मारिए

अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८ सुरक्षा अधिकारी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् । प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्… पुरा पढौ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार भन्दा बढी

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन… पुरा पढौ

कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो

विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ। त्यस्तै, एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्र्डाेमिटर्सले जनाएको छ। विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड १९ लाख ९ हजार ९ सय ७९ पुगेको बताइएको छ। विश्वमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या २१ लाख ९८ हजार ९ सय ८० पुगेको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै, विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका… पुरा पढौ