तीन वर्षको साउदी अरेबियाली प्रसिद्ध राजनीतिक अभियन्ता लुजैन अल हाथलुल बुधबार रिहा भएकी छन्। देशको मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा हल्ला फिँजाएको भन्दै २०१८ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो। लुजैन तिनै अभियन्ता हुन् जसको अभियानसँगै साउदी अरेबियामा महिलाका लागि सवारी चालक अनुमतिमाथिको बन्देज फुकुवा गरिएको थियो। उनलाई २०१८ मा पक्राउ गरी आतंकवाद कानुन अन्तरगत ६ वर्षका लागि जेल सजाय तोकिएको थियो। तर, उनीमाथिको मुद्दा राजनीतिक रुपमा प्रेरित भएको भन्दै अधिकार समूहहरुले विरोध जनाएका थिए। बुधबार लुजैनको रिहाइबारे साउदी अधिकारीहरुले भने…
पुरा पढौ