साउनयता, ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित




कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनयता उनीहरू ९७ मुलुकमा पुगेका हुन्।

विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

मंसीरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८ जना वैदेशिक रोजगारीमा गएको जनाइएको छ।

कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८० जना वैदेशिक रोजगारीमा गएका छन्।

असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

त्यस्तै, विभागका अनुसार भदौमा करिब २ हजार, साउनमा ३ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्।

बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।

यस समयमा कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट ५ लाखभन्दा बढी स्वदेश फर्किएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।