प्रवास

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने झण्डै दुई हजार सय जना घाइते भएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा… पुरा पढौ

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी… पुरा पढौ

अस्पतालमा आगो लाग्दा उनान्तीस जनाको मृत्यु

बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् । उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए । आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ । रासस पुरा पढौ

द्वन्द्वमा दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ०बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ । अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी… पुरा पढौ

रेल दुर्घटना हुँदा १२ जना घाइते

बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार नाङ्गलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो । दुर्घटनापछि मालबाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उनले बताए । अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका… पुरा पढौ

आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी… पुरा पढौ

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उहाँलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे… पुरा पढौ

गोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक युवक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए । चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उहाँका गतिविधि पनि निगरानी गरिएको,… पुरा पढौ

एक सय युक्रेनी युद्धबन्दी रिहा

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् । रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका… पुरा पढौ

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो बर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको हो । यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्या मा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट… पुरा पढौ