प्रवास

सौतिनी आमा नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन् । मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाए । बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला… पुरा पढौ

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन्।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गरेको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा उनले आफ्ना ब्राजिलियन समकक्षीलाई आमन्त्रण गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनको सो आमन्त्रणलाई आफूले स्वीकार गरेको र यस भ्रमणबाट दुई देशका बीचमा आवश्यक समझ्दारी निर्माण गर्न र आपसी सहकार्यलाई अघि बढाउन ठूलो सहयोग पुग्ने पनि… पुरा पढौ

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय… पुरा पढौ

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१००… पुरा पढौ

यस वर्ष निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बतााएका छन् । उनले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ । उनले सन् २०२३ मा निर्वाचन गर्नका लागि सरकार र त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले आवश्यक तयारी गरेको जानकारी दिएका हुन ।यसअघि सन् २०२१ मा पनि त्यहाँ आमनिर्वाचनको तयारी गरिएको थियो । तर त्यहाँका राजनीतिक दलहरुका बीचमा अन्तिममा आएर विवाद बढेपछि आम निर्वाचन रोकिएको थियो । प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले यस वर्ष… पुरा पढौ

जेलमा आक्रमण गरी १४ को हत्या

बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए । जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए… पुरा पढौ

जेलमा आक्रमण गरी १४ को हत्या

बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए । सो… पुरा पढौ

युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को

एजेन्सी । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ । युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ ।रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको… पुरा पढौ

तेहरानमा २४६ किलो अफिम बरामद

इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८ किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमाण्डर हमिद होडाभान्डले अर्ध(आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् । होडाभान्डले गिरोहका सदस्यहरूलाई चौबीसै घण्टा निगरानी र देशको उत्तरतर्फ जाने क्रममा बाटोमै पक्राउ गरिएको बताए।अर्को कारबाहीमा इरानको विमानस्थल प्रहरीले तेहरानको इमाम खोमेनी अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा दुई जना यात्रुहरूबाट २८ किलोग्राम अफिम बरामद… पुरा पढौ

अज्ञात व्यक्तिका १८ शव भेटिए

लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका आइतबार जनाएका छन् ।सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु¥याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने… पुरा पढौ