प्रवास

चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिए

संयुक्त राष्ट्रसंघले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ। ४ जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको हो। आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त संगठनको अनुमान छ। उक्त घटनाबाट संगठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। चाडमा संगठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन्। बितेका ८ वर्षमा… पुरा पढौ

कंगोमा बाढीमा परी १२० जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्सासामा आएको वर्षाैँपछिकै सबैभन्दा भयावह बाढीको कारण १२० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश पहाडी क्षेत्रका छन्। ती स्थानमा मंगलबार ठूलो पहिरो गएको थियो। घण्टौदेखि निरन्तर भीषण वर्षा भइरहेकाले सहरको मध्य भागका थुप्रै प्रमुख सडक डुबानमा परेका छन् भने थुप्रै घरहरू ढलेका छन्। सरकारले ३ दिने शोक दिवस मनाइने घोषणा गरेको छ। देशको मुख्य बन्दरगाह माताडीसँग जोड्ने ‘एन १ राजमार्ग’ लगायत नजिकका अन्य थुप्रै क्षेत्र हिलो पानीको डुबानमा परेका छन् भने सडकहरू सिन्कहोलका… पुरा पढौ

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गने भएका छन् । उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्नुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत् सम्बोधन गर्न लागेको जानकारी दिएका हुन् । पुरा पढौ

देशभित्र पूर्ण रूपमा धूम्रपान निषेध गर्ने न्युजिल्यान्ड

न्युजिल्यान्डले आगामी वर्षदेखि मुलुकलाई चरणबद्ध रूपमा पूर्णतया सुर्ती प्रतिबन्धित अवस्थामा पुर्‍याउने भएको छ। मंगलबार संसद्ले पारित गरेको विधेयकको अर्थ सन् २००८ पछि जन्मिएका कुनैपनि व्यक्तिले आगामी दिनमा चुरोट वा अन्य सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन्। साथै यस विधेयक अनुसार हरेक वर्ष सुर्ती किन्न सक्ने वैधानिक मानिसको संख्या घट्दै जाने भएको छ। उदाहरणका लागि आगामी सन् २०५० मा चालिस वर्ष उमेरको मानिस पनि चुरोट खरिदका लागि निकै कम उमेरको सावित हुने विश्वास गरिएको छ। यो विधेयक ल्याउने स्वास्थ्य मन्त्री आएसा भेर्रालले… पुरा पढौ

सन् २०४१ सम्म स्मार्ट बंगलादेश बनाउने योजना सार्वजनिक

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलादेश बनाउने बताए। सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्– ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बंगलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ। बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी… पुरा पढौ

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। करिब ८ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो। द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आकलन गरेको छ। ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने संभावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन्। हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा… पुरा पढौ

कीर्तिमानधारी प्यारासुट जम्परको ९४ वर्षको उमेरमा निधन

अवकाशप्राप्त अमेरिकी वायु सेनाका ९४ वर्षीय पाइलट कर्णेल जोसेफ किटिन्जरले ५० वर्षदेखि एकदमै धेरै उचाईबाट प्यारासुट जम्प गरी कीर्तिमान राख्दै आएका थिए। उनको हालै फोक्सोको क्यान्सरका कारण मृत्यु भएको पूर्व अमेरिकी रिपब्लिकन जोह्न माइकाले घोषणा गरेका छन्। विगतमा अमेरिकी वायुसेनाका क्याप्टेन र पाइलट रहेका उनी एकपटक हिलियम ग्यास भरिएका ठूलो बेलुनमा झुन्ड्याएको बास्केटमा बसेर अत्यन्तै उचाइबाट दस महिनाभित्र ३ वटा जम्प पूरा गरेर अन्तर्राष्ट्रिय ख्याति बटुल्न सफल भएका थिए। सन् १९५९ को नोभेम्वरमा पहिलो जम्प गर्दा उनको झण्डै ज्यान गएको… पुरा पढौ

चीनमा मानिसहरूको गतिविधि पत्ता लगाउने एप बन्द हुने

चीन सरकारले कोरोना महामारीको दौरान मानिसहरूको गतिविधि पत्ता लगाउने ‘फोन एप’लाई निष्क्रिय पार्ने घोषणा गरेको छ।सोमबार मध्यरातिदेखि ३ वर्षदेखि संचालनमा रहेको ‘द नेसनल एप’ अफलाइनमा जाने बताइएको छ। यो चीन सरकारको कोभिड–१९ सम्बन्धी पछिल्लो नीतिगत परिवर्तन हो। यसबाट बेइजिङले विवादास्पद ‘शून्य कोभिड नीति’ छोड्न लागेको संकेत दिएको छ। तर, चीनका थुप्रै सहरमा यस्तै प्रकृतिका स्थानीय एपहरू अझै संचालित छन्। सरकारद्वारा संचालित एपबाट कसैले उच्च जोखिमयुक्त क्षेत्रको भ्रमण त गरेको छैन भनेर पत्ता लगाउने गरिन्थ्यो। मानिसहरूले विभिन्न प्रान्त घुम्न वा कार्यक्रममा… पुरा पढौ

फिलिपिन्समा बाढीले जीप बगाउँदा ८ जनाको मृत्यु

फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जीप बगाउँदा ५ वर्षीया बालिकासहित ८ जनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ। तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो। २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो। तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन्। दुर्घटनामा परी ज्यान गुमाउने ७ जना ६० वर्ष नाघेको र १ जना घाइते भएको… पुरा पढौ

जाम्बियाको सडक छेउमा २७ लास भेटिए, आप्रवासीको भएको अनुमान

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा लास अलपत्र फालिएको अवस्थामा फेला परेका छन्। ती लास इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी प्रवक्ता ड्यान्नी म्वालेले तिनीहरू ट्रान्जिटमा निस्सासिएर मरेको हुनुपर्ने बताएका छन्। एक व्यक्ति अझै श्वास फेर्न प्रयास गरिरहेको अवस्थामा भेटिएको र उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको बताइएको छ। दक्षिण अफ्रिकातर्फ जान होर्न अफ अफ्रिकाबाट आउने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट हो। म्वालेले स्थानीय समयअनुसार आइतवार बिहान ६ बजे ग्वेरेर्रेमा ती शव फेला… पुरा पढौ