प्रवास

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ । चिनियाँ कुटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक… पुरा पढौ

फिलिपिन्समा बाढीका कारण दशौँ हजार विस्थापित

फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् ।क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको छ । “शनिबार र आइतबार व्यापाक बर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको… पुरा पढौ

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आएकि छिन् ।नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ । अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त… पुरा पढौ

लेखनाथ महोत्सव विहीबारदेखि

पोखरा, पुष ५ पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो । सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा राष्ट्रिय वाणिज्य बैंकको सह–प्रायोजनमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार… पुरा पढौ

पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन् । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ । नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले वेपत्ता सैनिकको खोजि भइरहेको बताए । जहाजमा रहेका १०६… पुरा पढौ

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्। । यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ । यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको छ । यहाँका ती… पुरा पढौ

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् ।उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका छन् । विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बर्ताएका छन् । विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताए । उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व… पुरा पढौ

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले… पुरा पढौ

पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ। अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ । अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य… पुरा पढौ

विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु

विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल… पुरा पढौ