समाचार

पोखरामा तेश्रो रेवान कप टेनिस शुरु

चैत १ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेश्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेश्रो सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत… पुरा पढौ

उद्यमी महिलाका लागि विनाधितो पाँच लाख दिन्छौं : उपप्रमुख गुरुङ

चैत १ पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई विनाधितो पाँच लाख दिने प्रतिवद्धता गरेकी छन् । व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित १५ दिने गुडिया बनाउने तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै उपप्रमुख गुरुङले रुची र लगावलाई निरन्तरता दिदैँ सिकेको सिपलाई आयआर्जनमा रूपान्तरण गर्न आग्रहग गरिन । वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिप सिकेर उत्पादन गरेका समाग्रीलाई व्यवसायिक रूपमा विक्री वितरण गर्न सहयोग गर्ने बताए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पाठ्क्रममा… पुरा पढौ

महिला उद्योमीद्वारा पोखरामा खुल्यो सुविधासम्पन्न ‘हेयर एन्ड शान्ति’

पोखरा । पोखरा भन्नेबित्तिकै धेरैको दिमागमा ताल, हिमाल, कला, साहित्य र लाहुरे लगायत आइहाल्छ । लाहुरेसँगै पोखरा भन्नेबित्तिकै सम्झिने यहाँको फेसन र जीवनशैली पनि हो । पश्चिमा संस्कृति होस् वा परम्परागत, पोखराले नयाँनयाँ पन खोजिरहन्छ । पोखरेली तन्नेरी पुस्ता अरुभन्दा आफूमा फरकपन आभाष गर्नकै लागि सौन्दर्यमा पनि उत्तिकै ध्यान दिन्छन् । यहाँको फेसनदेखि जीवनशैलीलाई पछ्याउँदै पोखरामा सौन्दर्यको नयाँ ब्राण्ड थपिएको छ – हेयर एन्ड शान्ति । केश सज्जा र सौन्दर्यमा २ दशभन्दा लामो अनुभव बटुलेको हेयर शान्तिको पोखरामा खुलेका ११… पुरा पढौ

तनहुँको भिमादमा शुक्रबार आईटिएफ तेक्वान्दोको जिल्ला स्तरिय प्रतियोगिता हुदै

पोखरा । यहि चैत्र ३ गते दोस्रो तनहुँ जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो २०७९ हुने भएको छ । भिमाद आईटिएफ एकेडेमीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम दुईदिनसम्म हुने कार्यक्रमका संयोजक तथा तनहुँ जिल्ला आईतिएफ तेक्वान्दो संघका अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए । भिमाद नगरपालिका वडा न. ६ स्थित नगर उद्योग बाणिज्य संघ को सभाहलमा हुने कार्यक्रममा जिल्ला अन्तर्गतका विभिन्न ५ दोजाङका करिव १ सय ५० खेलाडीको सहभागी रहने आयोजकले जनाएको छ । कार्यक्रममा २६ स्वर्ण,२६ रजत र ५२ काश्य पदकका लागि… पुरा पढौ

‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्ने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै हुनुहुन्छ । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उनले जानकारी दिए । “नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ । यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्”, निर्देशक बरालले भने । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये… पुरा पढौ

बेनी–जोमसोम– कोरोला सडक खण्ड: कालोपत्र जारी

बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो । मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । उनले सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहनुभएको बताए । उनले भने, “कालोपत्रको काम सक्ने बित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्नेछौँ ।” प्राविधिक… पुरा पढौ

जापानका युट्युबर सांसद निष्काशित

जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मङ्गलबार निष्काशन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागू भएको छ । गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले… पुरा पढौ

पूर्वप्रधानमन्त्री खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले… पुरा पढौ

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ । रासस पुरा पढौ

कर्मचारीको विवरण बुझाउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ ।” उक्त परिपत्रमार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरणसमेत माग गरेको हो… पुरा पढौ