समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ । नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो निर्वाचनमा रामचन्द्र पौड्याल निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक… पुरा पढौ

शिवालयमा शिक्षकलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान

फागुन २६ पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्य गरेका एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगदसहित सम्मान गर्दै बिदाइ गरेका हो । २०६२ देखि विद्यालयमा कार्य गरेका उनले उमेर हदका कारण गत फागुन १ गतेदेखि स्वैच्छिक अवकाश लिएका थिए । उनले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर… पुरा पढौ

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गरेकोमा धन्यवाद व्यक्त

काठमाण्डौं । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने उपसभापति खड्काको भनाइ छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा… पुरा पढौ

प्राविधिक सुरक्षा जाँचपछि श्री एयरलाइन्सको उडान प्रतिवन्ध फुकुवा

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । “श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक… पुरा पढौ

क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम

फागुन २६ पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरदचन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् । ‘संचार जगतमा… पुरा पढौ

‘अपाङ्गता भएकाहरुका लागि “पहुँचयुक्त शिक्षा अधिकार” : नीति बन्यो, कार्यान्वयन भएन’

पोखरा, फागुन २६ अपाङ्गता भएकाहरुका लागि ‘पहुँचयुक्त शिक्षा अधिकार’को नीति बन्यो । नीति बनेसँगै अपाङ्गता भएकाहरुले पहुँचयुक्त शिक्षा पाउने आशा गरे । तर व्यवहारमा भने परिवर्तन भएन । जसको फलस्वरुप अपाङ्गता भएकाहरुले पहुँचयुक्त शिक्षा अधिकार प्राप्त गर्न पाएनन् । नीति कार्यान्वयन नभएकाले आफूहरुले पहुँचयुक्त शिक्षा अधिकार प्राप्त गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा), ईन्सेक गण्डकी प्रदेश, आईएनएफ र हुमेडिकाको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘पहुँचयुक्त शिक्षा अधिकार’ विषयक सरोकारवालाहरुसँगको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन्… पुरा पढौ

उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै

म्याग्दी । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भने, “अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।” सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार… पुरा पढौ

अभिभावकलाई प्रतिभा माविको उत्प्रेरणामूलक परामर्श

पोखरा स्थित प्रतिभा माविले विद्यालयमा अध्ययरत विद्यार्थीका अभिभावकका लागि उत्पे्ररणामूलक परामर्श कार्यक्रम गरेको छ । त्यस्तै विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पनि गरेको छ । कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीका अभिभावकका लागि आयोजित उक्त कार्यक्रममा उत्प्रेरक वक्ता रवीन कटुवालले परामर्श दिएका थिए । त्यस्तै गायिका रचना रिमालले गीत गाएर कार्यक्रममा मनोरञ्जन थपेकि थिईन । विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीका अभिभावकमा उत्प्रेरणा जगाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि भूमिका रहेको भन्दै… पुरा पढौ

मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने

पोखरा । नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ ।मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको फिल्मी पोखरामा चैत २५ गतेको मिति तय भएको जानकारी दिएको हो । मगर कथानक चलचित्र ‘उखान’का निर्माता मेक बहादुर आलेले हराउँदै गएको मगर समुदायको भाष र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए । ‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति… पुरा पढौ

३१ यूनिट रगत संकलन

पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाले संयूक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ यूनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवन दान, जीवन दान महा दान’ भन्ने नाराका साथ दुई संस्थाको संयूक्त आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको लिला बहादुर गुरुङले जानकारी दिए । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका क्षेत्रिय प्रमुख सन्तोष गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल प्रसाद सेढाई, प्रेमकुमारी गुरुङ, सुर्यप्रसाद बराल, शशी श्रेष्ठ लगायतले बोलेका थिए… पुरा पढौ