समाचार

रास्वपाको स्थगित प्रदेश सङ्गठन विस्तारसम्बन्धी बैठक पोखराबाट शुरु हुने

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थगित प्रदेश अन्र्तगतको सङ्गठन विस्तारसम्बन्धी बैठक पोखराबाट पुनः शुरु गर्ने गरि कार्यतालिक सार्वजनिक गरेको छ । पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ २१ देखि प्रदेश अन्र्तगतको सङ्गठन विस्तारलाई पुन: गण्डकी प्रदेशको पोखराबाट शुरु गर्र्नेे निर्णय गरेको पार्टीका महामन्त्री तथा प्रवक्त डा. मुकुल ढकालले जानकारी दिए । पार्टीले माघ १४ गते शनिबारदेखि सङ्गठन विस्तारसम्बन्धी बैठक प्रदेश १ को विराटनगरबाट शुरु गर्ने तयारीमा रहँदा पार्टी सभापति लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता विवादमा… पुरा पढौ

राष्ट्रिय स्वतन्त्रता पार्टीले गृहमन्त्रालयमा दावी यथावत राख्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको बताएका हुन् । आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको उनले बताए । उनले भने, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर… पुरा पढौ

राष्ट्रिय स्वतन्त्रता पार्टीको सभापतिमा पुन: रवि लामिछाने नियुक्त

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको जानकारी दिए । कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । पुरा पढौ

सङ्कटमा कालीगण्डकी सभ्यता

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्रबल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्रतिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधामकाली गङ्गा भनन कसरी कुद्दछ्यौँ सालिग्राम ?’ पोखरा । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई सालिग्राम कसरी कुद्छ्यौँ ? भनि प्रश्न गरी लेखेको यो कविताङ्शमा नै कालीगण्डकीको महिमा झल्किएको छ । शालिग्राम कुद्ने विशिष्ट बरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको छ । कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदीमात्र होइन, यो… पुरा पढौ

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

बागलुङ । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । भवन… पुरा पढौ

खुल्न चाहँदैनन् कुष्ठरोगी,जिल्लामा सात नयाँ कुष्ठरोगी पहिचान

तनहँु । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी बताउछन् । उनी भन्छन्, “कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक… पुरा पढौ

पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु

पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स-रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स-रे’ सेवा ठप्प बनेको थियो । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । ‘एक्स-रे’मा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन । पर्वतबाट प्रतिनिधिसदस्यमा निर्वाचित हुनुभएका पदम गिरी स्वास्थ्य… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने… पुरा पढौ

पर्याप्त बजेट विनियोजन नहुदा वडा भित्रको समस्या सम्वोधन गर्न चुनौती छ: वडाध्यक्ष घर्तीमगर

कविता घर्तीमगर,बागलुङ । गत बैशाख ३० गतेको स्थानिय चुनावबाट निर्वाचन भैसकेपछि विभिन्न स्थानका जनप्रतिनीधिहरुले आफ्नो क्षेत्रका विकासे योजनाहरु कसरी अगाडी बढाउने भन्दै दौडधुपमा रहेका छन् । वडा कार्यलयःनिसीखोला ५ केन्द्र सरकारबाट विनियोजन भएका सिमित बजेटबाट वडा भित्रका विभिन्न दिगो विकासका योजनाहरु सम्बोधन गर्न जनप्रतिनीधिहरुलाई चुनौती समेत रहेको छ । हालसम्म बजेटले भ्याएसम्म वडा भित्रका सिमित आवश्यकताहरु मात्रै सम्वोधन भैरहेको बागलुङको निसीखोला गाउँपालिका वडा ५ का वडाध्यक्ष हर्कमन घर्तीमगरले बताए । “स्थानिय सरकारकारलाई विनियोजन भएको बजेटका शिर्षक अनुरुप हामीले कार्यसम्पादन गर्दैछौ… पुरा पढौ