समाचार

पोखरामा फोर नेसन्सको शाखा

पोखरा । अष्ट्रेलिया युरोप, अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ । यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अस्टे«लियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अष्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर… पुरा पढौ

पोखरामा नेवार कन्याहरुको सामुहिक ईही (बेलविवाह) शुरु

पोखरा, मंसिर १६ पोखरामा नेवार कन्याहरुको सामुहिक बेलविवाह (ईही ज्याझ्व) गरिएको छ । नेवा देय दबु कास्की र नेवा देय दबु पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरामा सामुहिक बेलविवाह गरिएको हो । नेवारी परम्परा अनुसार भइरहेको सामुहिक बेलविवाह शुक्रबार शुरु भएको छ भने यो शनिबारसम्म चल्नेछ । नेवारी संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित सामुहिक बेलविवाहमा ३५ नेवार कन्याहरु सहभागि भएको नेवाः देय् दबू कास्कीका अध्यक्ष कृष्णमान ठूसाजुले जानकारी दिए । उनका अनुसार तनहुँ दुलेगौंडाका नेवार पुरोहित लालप्रसाद प्रधानले… पुरा पढौ

नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत फुटवल खेल शनिबार देखि

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार) देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ । औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा तेह््रौ संस्करणको नेसनल प्याब्सन खेलकुद महोत्सव हुने भए पनि अनौपचारिक रुपमा भने शनिबार देखि सिनियर छात्र तर्फ फुटवल र जुनियर छात्र तर्फ भने सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको हो । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल शनिबार विहान… पुरा पढौ

पाहुना पर्खदै मारुनी घरबास

ढुङ्गाले छाएका घरले चिटिक्क मिलेको सानो गाउँ । यस गाउँमा अधिकांश मगर समुदाय । आफ्नो खेतीपाती र अर्मपर्ममा व्यस्त यहाँका महिलालाई २०७५ साल अघि घरबास होमस्टेको परिभाषा पत्तै थिएन । गाउँमा उत्पादित जैविक खानाका परिकारका स्वाद, मगर समुदायको कला संस्कृति र त्यहाँको स्थानीयको स्नेह, माया र आतिथ्यता गाउँमै सीमित थियो तर मगर समुदाय रहेको बागलुङको जैमिनी नगरपालिका–३ कालापातलमा जब मारुनी सामुदायिक घरबास स्थापना भयो त्यसपछि यहाँका महिलाको सोचमा समेत परिवर्तन आयो । गाउँकै परिवेशमा आफूले खाने गरेको खाना पाहुनालाई खुवाएर… पुरा पढौ

छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुरमा… पुरा पढौ

शुक्लागण्डकीको पर्यटन प्रवद्र्धनमा जोड

शुक्लागण्डकी नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन हुनुपर्नेमा जोड दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशद्वारा शुक्लागण्डकी–२ दगाममा आयोजित ‘शुक्ला गण्डकी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका’ कार्यक्रमका वक्ताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयासको खाँचो औल्याए । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव शम्भुराम रेग्मीले पर्यटन प्रवद्र्धनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशका प्रमुख एमवि आस्थाले शुक्लागण्डकी क्षेत्रमा प्रकृति र संस्कृतिको अनुपम गन्तव्य दगाम जस्ता थुप्रै… पुरा पढौ

पर्वतमा मगर सङ्ग्रहालय निर्माण गरिँदै

मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा जिल्ला कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्रहालय बनाउन सुरु गरिएको हो । सङ्ग्रहालय भवनको बुधबार कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गरेका छन। सङ्ग्रहालय निर्माण गर्नका लागि क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम सङ्कलन गरेको छ । सोही रकम र बाँकी विभिन्न सहयोग… पुरा पढौ

पोखरा जेसीजको अध्यक्षमा गणेश गिरी

पोखरा । पोखरा जेसीसको वर्ष २०२३ को अध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न ४८ औं साधरण सभा तथा ४३ औं शाखा अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यकसमिति चयन गरेको हो । संस्थाको कार्यकारिणी उपाध्यक्षमा सुमन पहारी, उपाध्यक्षहरुमा सञ्जय पौडेल, राजकुमार गुरुङ, राजकुमार बोहोरा र प्रवेश लामिछाने चयन भएका छन् । यस्तै संस्थाले निर्देशकहरुमा मिना थापा मगर, जीवन महर्जन, नवराज पौडेल र राजेन्द्र रानाभाटलाई चयन गरेको छ । यसअघि साधरणसभाको उद्घाटन पोखरा उच्च अदालतका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले… पुरा पढौ

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो । तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले… पुरा पढौ

जनतासँग गरेको वाचा पूरा गर्छु: शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताए । उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए । “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा… पुरा पढौ