समाचार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको २ तारिक अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस। विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ। हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । यस वर्षको दासता उन्मुलन दिवसका लागि 'Eradicating contemporary forms of slavery' मूल नारा तय गरिएको छ। त्यसैअनुरुप ‘आधुनिक समाजको दासता उन्मुलन गर्न… पुरा पढौ

अपडेट : नवलपुरको राइकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

पोखरा । नवपुरको राइकोटमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको दलदले बजारबाट डेडगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्वरको जिप दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ राइकोट नजिकैको भीरबाट खस्दा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुर पुर्वका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । मृतक सबै बौदीकाली र बुलिंटार… पुरा पढौ

समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना

काठमाण्डौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले साँझ ७.३० बजेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार… पुरा पढौ

महिलालाई सक्षम बनाउन एक हप्ते तालिम शुरु

पोखरा । महिलालाई सीप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले विभिन्न तालिम, सेमिनार, अनुदान, अन्तक्र्रिया भइरहन्छन् । यही उद्देश्यले बिहीबारबाट एक हप्ते नम्किन, दुनट बनाउने र प्याकेजिङ तालिम शुरु भएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ‘सक्षम महिला, समानान्तर पाइला’ कार्यक्रम अन्तर्गत प्रेरणा नेपाल कास्कीले तालिम आयोजना गरेको हो । २० प्रशिक्षार्थी सहभागी तालिम पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुुरुङले सुरुआत गरिन् । आर्थिक रुपमा आत्मनिर्भर भए लैंगिक समानता, हिंसा न्यूनीकरणका लागि समेत सहयोग पुग्ने उनको… पुरा पढौ

कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज बसेको बैठकले तेस्तो निर्णय गरेको हो । बैठकमा पधादिकारि एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए ।बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । अन्तरघात गर्नेको खोजी गरि कारबाही गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका… पुरा पढौ

नवलपुरमा जिप दुर्घटना दुईको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर… पुरा पढौ

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

दोलखा । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क,… पुरा पढौ

महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको उद्घाटन

पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको विहीबार महिला सिप विकास संस्थाको सभाहलमा प्रमुख अतिथि सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले उद्घाटन गरिन । कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले प्रशिक्षार्थीलाई सक्रियातापूर्वक सहभागी भएर तालिमबाट दक्षता हाँसिल गर्न आग्रह गर्दै निःशुल्क हातमा सिप र दिमागमा ज्ञान लिन पाइने अवसरको सदुपयोग गर्न जोड दिइन । आफूले आफैलाई बनाउनका लागि केही कुरामा त्याग गर्नै पर्ने भएकाले १२ दिनको सिप सिकाईलाई पहिलो पाइला मान्न आग्रह गरिन । कास्की… पुरा पढौ

पोखरा वडा नं. १५ को कपाल काट्ने तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियाँले बताए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ… पुरा पढौ