समाचार

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ ९१० ९ग० बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न आदेश दिइएको हो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । हरेक वर्ष वैशाख २ गतेदखि नयाँ शैक्षिक… पुरा पढौ

सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्विरोध

प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालको मात्र सभामुखमा उम्मेदवारी परेको छ । सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो । अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए । कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको… पुरा पढौ

सर्वोच्च अदालतमा २७ हजार १४७ मुद्दा फर्छ्यौट गर्न बाँकी,संवैधानिक इजलासमा मात्रै दुई सय ८२

सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताईन् । “संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, संविधानको अन्तिम व्याख्याता हो, तर, विडम्बना आज यही इजलास कार्यबोझ र प्रक्रियागत ढिलाइको चापमा छ । यसलाई थप सक्रिय र विश्वासिलो बनाउन हाम्रा कदमहरू सोहीअनुसार केन्द्रित हुनेछन्”, उनले… पुरा पढौ

पर्यटन मन्त्री पौडेलको कार्यकक्षमा मोबाइल लैजान नपाईने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यकक्षमा मोबाईल फोन लैजान प्रतिबन्ध लगाईएको छ । मन्त्री खडगराज पौडेल गनेशले शुक्रबार देखि आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गर्नु परेको स्पष्ट पारेका छन् । मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको… पुरा पढौ

पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घट्यो

अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण छन् । मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ । त्यस्तै पश्चिम एसियामा जारी तनावका कारण पनि पर्यटक आगमनमा कमि आएको बताईएको छ ।जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति… पुरा पढौ

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान १ उनले उम्मेदवारी दर्ता गराएका हुन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३०… पुरा पढौ

जानकी माविमा विश्व अटिजम सचेतना दिवस

बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरुको स्वभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम भएको पोखरामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । १९ औ अन्तराष्ट्रिय अटिजम सचेतना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १७ महतगौडामा सञ्चालित जानकी माध्यमिक विद्यालय अटिजम श्रोत केन्द्रमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय भुसको आगो जस्तो फैलिएको अटिजमका विषयमा सिंगो समाज सचेत हुनु पर्ने आवश्यकता औल्याएका हुन । पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै पछिल्लो समय घरघरको… पुरा पढौ

यस बर्षको एसईई परीक्षा शुरु,कास्कीमा करिव १० हजार विद्यार्थी सहभागि

देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण केही दिन ढिला गरी बिहिबारबाट शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यसवर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित देशभर एक हजार ९६६… पुरा पढौ

फेवा नव वर्ष महोत्सव चैत २९ देखि बैशाख १ गतेसम्म हुने

सन्देश श्रेष्ठपोखरा, चैत १९ पोखरामा चैत २९ गतेदेखि फेवा नव वर्ष महोत्सव हुने भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा बैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सवको २१ औं संस्करण हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारी अन्तर्गत ५ दिने पूर्वाञ्चल प्रवद्र्दन भ्रमणसमेत गरिसकिएको उनले बताए । त्यस्तै, लुम्विनी प्रदेशबाट आएका पत्रकारहरुसँगसमेत अन्र्तक्रिया गरेर पश्चिम नेपालका पाहुनाहरुलाई निम्तो… पुरा पढौ

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे । “हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भने, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन ।… पुरा पढौ